सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

झापामा ९ र सुनसरीमा ३ जनामा कोरोना पुष्टि,नेपालमा संक्रमितकाे संख्या ३९० पुग्याे

विराटनगर । आज (मंगलबार) पनि नेपालमा थप १५ जनामा काराेना पुष्टि भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमित संख्या ३९० पुगेकाे छ । मंगलबार थपिएका ४ जना कपिलवस्तुका छन् भने प्रदेश १ मा ११ जना रहेका छन् ।

झापाका ९ र सुनसरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । झापाका ९ जनामा कोरोना संक्रमण देखिएको कोशी अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले पुष्टि गरिन् ।

कुल संक्रमितमध्ये २ जनाको मृत्यु भइसकेकाे छ भने ३६ जना निको भएर घर फर्किएका छन् । कोरोना संक्रमणबाट सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिला र बाँकेका २५ वर्षीय युवकको मृत्यु भएकाे छ ।

हिजो (सोमबार) एकैदिन ८० जनामा कोरोना पुष्टि भएकाे थियाे । आइतबार पनि नेपालमा १४ जना नयाँ संक्रमित थपिएका थिए । हालसम्म नेपालका ७७ जिल्लामध्ये ३२ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ ।

नेपालमा सबैभन्दा बढी संक्रमित बाँकेमा जिल्लामा देखिएका छन् । बाँकेमा मात्रै कोरोना संक्रमितको संख्या ९४ पुगको छ । त्यस्तै बाँकेपछि पर्सामा ९१ जना कोरोना संक्रमित फेला परेका छन् । चैत ११ गते देखि देश नै ‘लकडाउन’मा छ ।

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण पछिल्ला केहि दिनमा नेपालमा पनि वढ्दो क्रममा देखिएको छ । चैत ११ गतेदेखि देश नै ‘लकडाउन’मा भएतापनि काेराेना संक्रमितकाे संख्या दिनहुँ बढ्दै गएकाे पाइन्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »