सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

झापा, धनकुटा र धरानका गरी नेपालमा थप ७ जनामा कोरोना,स्वास्थ्य मन्त्रालयले पुस्टि गर्न बाँकी

मोरङ। थप सात जनामा कोरोनाभाइरस पुष्टि भएको छ। झापा, धनकुटा र धरानमा गरी बुधबार साँझ थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । झापाको केचनाका ५, धनकुटाका एक र धरानका जनामा संक्रमण पुष्टि भएको हो । यीसहित प्रदेश १ मा संक्रमितको संख्या ६६ पुगेको छ ।

प्रदेश १को प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ५ जनामा कोरोना पोजेटिभ देखिएको हो। त्यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा धनकुटा र र धरानका १–१ जनालाई कोरोनाभाइरस पुष्टि भएको प्रदेश १ मुख्यमन्त्री कार्यालयले जनाएको छ।

प्रदेश १ मा पहिलोपटक गत बैशाख ५ गते उदयपुरको भुल्केमा संक्रमण पुष्टि भएको थियो । महिना बित्दा यो प्रदेशका १४ मध्ये ७ जिल्लामा संक्रमण देखिएको छ । प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणका क्रममा केचनाका ५ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रदेश १ मा कोरोना टेष्टको दायरा बढेसँगै संक्रमितको संख्या पनि दिनहुँ थपिन थालेको मुख्यमन्त्री कार्यालयकाे भनाइ छ। यसअघिका २५ जनासहित बुधबार ३२ जना संक्रमित थपिएका छन्।

प्रदेश १ का उदयपुरमा ३३, झापा १७, धनकुटा ७, मोरङ ३, सुनसरी ४, भोजपुर १, र खोटाङका १ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म कुल संक्रमितको संख्या ४३४ पुगेको छ भने निको भएर घर फर्कनेको संख्या ४५ छ।

भर्खरै

सम्बन्धित खबर

Language »