सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

झोला उत्पादन तालिम समापन

नेपालगञ्ज, नेपालगन्ज वडा नम्बर १० मा सञ्चालित ६० दिने झोला उत्पादन तालिम समापन गरिएको छ ।

वडालाई प्लाष्टिक मुक्त गर्नका लागि स्थानीय बेरोजगार महिलाहरुलाई केन्द्रीत गरेर गत फागुनमा तालिम सञ्चालन गरिएको हो ।

वडा नम्बर १० वडा समितिको कार्यालयको सहयोगमा समृद्धि सिलाई कटाई प्रशिक्षण केन्द्रद्धारा सञ्चालित तालिम एक महिनापछि लकडाउनका कारण रोकीएकोमा असारमा पुनः शुरु गरिएको थियो ।

१५ जना सहभागी तालिममा विभिन्न प्रकारका झोला बनाउन सिकाइएको प्रशिक्षक समेत रहनु भएकी समृद्धि सिलाई कटाई प्रशिक्षण केन्द्रका अध्यक्ष कल्पना कुमारी बिकले जानकारी दिनु भयो ।

प्रशिक्षक बिकका अनुसार– प्लाष्टिकको सट्टा घरायसी सरसामान बोक्न सहज हुने झोला उत्पादन गरिएको थियो ।

तालिम समापन समारोहमा वडा न १० का वडा सदस्य एवं उपमहानगरपालिकाका सुशासन समितिका संयोजक नर बहादुर विष्टले सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्दै तालिमले व्यवसायिक आय आर्जनमा मद्यत पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

वडा न १० की वडा सदस्य एवं नेपालगञ्ज उपमहानगरपालिकाका कार्यपालिका सदस्य वसन्ता जोशी, नेपालगञ्ज उपमहानगरपालिकाका कार्यपालिका सदस्य देउमल सुनार, वडा सचिव शान्ती केसी, वडा सहजकर्ता रजनी खनाल लगायतले शुभकामना दिनु भएको थियो ।

दलित औद्योगिक विकास कार्यक्रम नेपाल बाँकेका सचिव छवीलाल सुनारद्धारा सञ्चालित समारोहमा तालिम सहभागी पुष्पा भट्ट, मनीसा गुप्ताले तालिम अनुभव बारे बोल्नु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »