सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

झ्याङछ्युब छ्योर्तेनको ह्राप्ने सम्पन्न ।

सिन्धुपाल्चोक । झ्याङछ्युब छ्योर्तेन (बोधिसत्व स्तुपा) को ह्राप्ने (प्राण प्रतिष्ठा) सम्पन्न भएको छ । सिन्धुपाल्चोक जिल्ला लिसंखु पाखर गाउँपालिका–२, लिसंखु (ह्रिस्याङगो) मा निर्मित छ्योर्तेनलाई बौद्ध धर्मका गुरु यिस्हे स्हाङपो रिन्पोर्छेको बाहुलीबाट फागुन २९ गते ह्राप्ने सम्पन्न भएको छ ।

झ्याङछ्युब छ्योइलिङ गोन्पाद्धारा निर्मित छ्योर्तेनको औपचारिक उद्घाटन भने प्रमुख अतिथि बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले शिला अनवरण र दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नु भएको थियो ।

भुकम्प प्रतिरोधात्मक नव निर्मित ४८ फिट उचाइमा रहेको झ्याङछ्युब छ्योर्तेनको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि मन्त्री अरुण नेपालले सरकार र जनता संगसंगै हिँडे मात्र देश बन्छ । भुकम्प पछि अहिले लिसंखुका स्थानीयबासीले खर्च कटौती गरेर बौद्ध धर्मको धरोहरलाई पुनः उभ्याएको छ यो निकै सराहनीय कार्य रहेको वताउन भयो । गुम्बा पुनः निर्माणमा योगदान र सहयोगी मनहरुलाई बधाई तथा धन्यवाद दिदै छ्योइफेल कुन्देलिङ गुम्बा पनि नजिकै रहेकोले लिसंखुलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न आवश्यक रहेको वताउनु भयो । जसले गर्दा स्थानीय युवाहरुको लागि रोजगारीको व्यवथासंगै आम्दानीको स्रोत पनि मिल्ने बताउनु भयो ।

कार्यक्रममा लिसंखु पाखर गाउँपालिका प्रमुख कमल नेपाल, उप–प्रमुख हेमगंगा मोक्तान, लिसंखु पाखर गाउँपालिका वडा–२ का अध्यक्ष हस्तबहादर लामा, छ्योइफेल कुन्देलिङ गोन्पाका सचिव बुद्ध योन्जनलगायतले शुभकामना मन्तव्य मन्तव्य राख्नु भएको थियो । साथै छ्योर्तेन पुनःनिर्माणमा सहयोग पुर्याउने सम्पूर्णलाई सम्मानपत्र, दोसल्ला र कदरपत्रले सम्मान गरिएको थियो ।

औपचारिक कार्यक्रम पछि भने स्थानीय लामाहरुले भाक्पा छ्याम (लामा नाँच) प्रस्तुत गर्नु भएको थियो ।

लिसंखुमा रहेको ङ्याङ्जो थरी तामाङ समदायले २०५४ सालमा ३२ फिट उचाइमा निर्माण शुरु गरी २०५६ मा ह्राप्ने (प्रतिष्ठा) सम्पन्न गरेको उक्त स्तुपा २०७२ को महा भुकम्पले पूर्ण रुपमा क्षति पुर्याएको थियो । त्यसलाई पुनः २०७४ मा शुरुगरी २०७६ मा छ्योर्तेन निर्माण सम्पन्न भएको हो ।
झ्याङछ्युब छ्योइलिङ गोन्पाद्वारा निर्मित उक्त छ्योर्तेन ५२ लाख ५६ हजार ६ सय ९० रुपैयाँ लगानीमा पुनःनिर्माण भएको झ्याङछ्युब छ्योइलिङ गोन्पा समितिका अध्यक्ष सरोज लामा (ङ्याङ्जो) ले जानकारी दिनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »