सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

“झ्याल्ला पर्दा” उघार्दै गाेली हान्ने धम्की आएकाे खुलासः गायक तथा वरिष्ट संगीतकार चन्द्र कुमार दाेङ

काठमाडौँ । तामाङ समुदायको बरिष्ट संगीतकार तथा गायक चन्द्र कुमार दोङ “झ्यालला पर्दा क्यार लौंले ङाई च्याला” म्युजिक भिडियोको सार्वजनिक कार्यक्रममा रुनु भएको थियो ।

उक्त कार्यक्रमको प्रमुख अतिथि रहेको गायक चन्द्र कुमार दोङ रुइरहदा उपस्थित सबै दर्शक एक छिन अलमलमा परेको थियो भने केही दर्शकहरुको आँखामा पनि आँशु रसाएका थिए ।

उहाँले गायक निमा दोङलाई अंगालो हाल्दै भन्नु भयो । “निमा दोङ अहिलेको सेलो मेलोडी किङ हो । मेरो शुभकामाना छ । मेरो सधै साथ रहने छ ।”

वास्तवमा पछिल्लो समयमा गायक तथा प्रमुख अतिथि चन्द्र कुमार दोङले भने जस्तै गायक निमा दोङ सबैको मनमा बस्न सफल हुँदै आएको छ । गायिका पुजा लामाले पनि अमिट छाप छोड्न सफल भएको छ । त्यसैको कारणले नै होला एक पछि अर्को नयाँ म्युजिक भिडियोहरु आउन सफल भएका छन् ।

प्रमुख अतिथि चन्द्र कुमार दोङले विगत सम्झदै भन्नु भयो । “मैले तामाङ समुदायको गीत संगीतमा नयाँ क्रान्तिको शुरुवा गर्दा मलाई मार्छु भन्ने मान्छेहरु धेरै भेटियो । मेरो नाममा एक गोली छु खर्च गर्छु भनेर धम्की दिएको थियो । तर आज मैले भने झै नै हामी तामाङ समुदायले नै जीतेको छ । तामाङ गीत संगीतमा नयाँ आयम आएको छ । म धेरै खुशी छु ।”

झ्याल्ला पर्दा म्युजिक भिडियो सामाजिक संजालमा सर्वाधिक मन पराएको गीत हो ।

शब्द संगीत र सुमधुर आवाज निमा दोङको नै रहेको छ भने उनलाई साथ दिएको छ गायिका पुजा लामाले ।

तुलनात्मकरुपमा म्युजिक भिडियो राम्रो बनेको छ । सिन्धुपाल्चोकको आमायाङग्री गाउँको सुन्दर दृश्यहरुलाई समेटेर तामाङ संस्कार अनि तामाङ भेषभुषालाई पहिलो प्राथमिकतामा राखेर भिडियो निर्माण गरेका छन् ।

प्रेम गीत भएता पनि सन्देश मुलाक म्युजिक भिडियो हो भन्दा फरक नपर्ला ।

अजय स्याङतानको कोरियोग्राफी रहेको यो म्युजिक भिडियोमा सागार घिसिङ, प्रयास वाइवा र स्मारिका थिङको अभिनय रहेको छ । नव मोडल प्रयास वाइवाको अभिनय प्रशंसा योग्य छन् ।

कार्यक्रममा नेपाल तामाङ कलाकार संघको अध्यक्ष तथा गायक संन्जिव वाइवा, वरिष्ट तामाङ पत्रकार दिपेन्द्र दोङ, तामाङ चलचित्र क्षेत्रको महानायक तथा निर्दैशक अमिर दोङ, नेपाल राष्ट्रिय तामाङ घेदु वाइ एस के ग्रुपको कलाकारहरु, मोडल सागार मोक्तान, लगाएत तामाङ समुदायमा चिरपरिचित कलाकारहरुको उपस्थिति रहेका थिए ।

तामाङ सांगीतिक क्षेत्रमा सकरात्मक वा नकरात्मक सन्देश दिने म्यूजिक भिडियोहरु निर्माण भईरहेको छ । नेपाल तामाङ कलाकार संघको अध्यक्ष सन्जिव वाइवाले शुद्घिकरणको आवश्यक्ता रहेको शुभकामना मन्तव्यको क्रममा बताउनु भएको छ ।

तामाङ गीत संगीतलाई देश बिदेशमा रहेका आम नेपाली समुदायमा पु¥याउन मिडियाकर्मीहरुको महत्वपुर्ण भुमिका रहेको हुनाले कलाकार र पत्रकार नङ र मासुको जस्तै संबन्ध रहेको प्रमुख अतिथि चन्द्र कुमार दोङ बताउनु भयो ।

“झ्याल्ला पर्दा” म्यूजिक भिडियोमा संचारकर्मी स्मारिका थिङको अभिनय रहेको छ । बजारमा धेरै मोडलहरुको प्रतिस्पर्दा चलिरहेको छ । यो म्यूजिक भिडियोमा स्मारिका थिङलाई रुचाउला या नरुचाउला दर्शकहरुको प्रतिकृया अवश्य नै आउने छन् ।


भिडिायो

भर्खरै

सम्बन्धित खबर

Language »