सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

टिचिङ अस्पतालमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक सेवा बन्द

काठमाडौं । महाराजगञ्जस्थित् टिचिङ अस्पतालको आकस्मिक सेवा बन्द गरिएको छ ।

आकस्मिक कक्षमा कार्यरत ६ जनामा कोरोना संक्रमण पुष्टि भएको र अरुमा पनि लक्षण देखिएकाले आकस्मिक सेवा बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

आकस्मिक कक्षका ६ जनामा संक्रमण पुष्टि भएपछि उनीहरुसँग सम्पर्कमा आएका १०० जनाभन्दा धेरैको कोरोना परीक्षणको लागि स्वाब संकलन तयारी गरिएको छ ।

संक्रमण पुष्टि भएकाहरुलाई आइसोलेसनमा राखिएको प्रशासनले जनाएको छ । आकस्मिक बाहेकका सेवा भने खुला नै छ ।

भर्खरै

सम्बन्धित खबर

Language »