सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

टिभिएस अपाचि आरटिआर १६० ४(भी आरटिएफआईको औपचारिक बिक्र सुरू

काठमाडौँ । काठमाडौंको अनामनगर रहेको सत्यसाई मोटर्स प्रालिले आजबाट नयाँ मोडलको बाइकको आधिकारिक बिक्री सुरू गरेको हो।

आपचे, आरटिआर १६०(४ भि बिएस(६ एफ आई मोडेल रहेको यस बाइकको विशेषताले चालकको राइडिङ अनुभवलाई थप सहज र सुरक्षित बनाउनेछ।

यसैगरी, यस बाइकको अर्को सशक्त पक्ष भनेको रेस ट्युन्ड फ्युल इनजेक्सन ९आरटिएफआई० टेक्नोलोजी युक्त बिएस(६ कम्प्लायन्ट इन्जिन हो। अटोमोबाइल जगतमा आरटिएफआई टेक्नोलोजिलाई निकै उत्कृष्ट मानिन्छ। यसैगरी बिएस(६ कम्प्लायन्ट इन्जिन सहितको अपाचे आरटिआर नेपाली बाइक प्रेमीले धेरै पहिलादेखि नै प्रतिक्षा गरिरहेको बाइक हो।

यस आरटिएफआई टेक्नोलोजीयुक्त इनजिनले माइलेजमा वृद्धि गर्छ भने बिएस(६ कम्प्लायन्ट इन्जिन वातावरण मैत्री हुन्छ। यसले टिभिएसको रेसिङ डिएनएको इतिहासलाई थप नयाँ उचाइमा पुर्‍याएको छ।

बाइकमा स्मार्ट कनेक्सन सुविधा पनि दिइएको छ। जसको सहायताले बाइकमा ब्लुतुथ कनेक्ट प्रणालीमार्फत रेस टेलिमेट्री, टर्न बाई टर्न नेभिगेसन, मल्टिपल स्पट प्लटिङ, लिन एंगल मोड, साथै कल र एसएमएस अलर्ट जस्ता आधुनिक सेवा जडान गरिएको छ।यसले गर्दा बाटोमा यात्रा गर्दा अरू सामान्य बाइक भन्दा अतिरिक्त फाइदा दिन्छ।

सत्यसाई मोटर्सले नयाँ बाइकको सुरुवाती मूल्य ३ लाख ७९ हजार ९०० रुपैयाँ तोकेको छ। जसमा खरिदकर्ताले अहिलेको नयाँ योजना अन्तरगत दश हजार सम्म क्यास ब्याक पाउनुको साथै हेल्मेट,सिट कभर लागएत ८ पटक सम्म निशुल्क सर्भिसिङ पाउने निर्देशक निर्मल पंडितले जानकारी दिए।

भर्खरै

सम्बन्धित खबर

Language »