सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

टुँडिखेलमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल

काठमाडौँ । २८५९ औँ तावार ल्हो सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ संघीय कार्यलयको सोनाम ल्होछार मुल समारोहको आयोजनामा काठमाडौँको टुडिखेलमा प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतित्थ्यतामा उद्घाटन हुँदै छ ।

नेपाल तामाङ घेदुङको आयोजनामा हुने यो कार्यक्रम नियमित भएता पनि सोनाम ल्होछारमा आयोजना गरिएको कार्यक्रमलाई विशेष कार्यक्रमको रुपमा लिने गर्दछन् । घेदुङले केन्द्रिय कार्यक्रमको साथमा विभिन्न जिल्लाहरुमा पनि ल्होछार कार्यक्रम हुने जानकारी दिएको छ । विशेष गरेर तामाङ समुदायले माघ महिनामा तिथि अनुरुप नयाँ वर्ष शुरु भएको दिनलाई ल्होछारको रुपमा मान्ने गर्दछन् । यो वर्ष माघ ८ गते ल्हो परिवर्तन भएर तवार ल्हो शुरु भएको दिन हो । यो वर्ष भित्रमा जन्मेका बालबालिकाहरु तावार ल्हो को हुनेछन् ।

नेपालमा गणतन्त्र आएपछि सोनामा ल्होछारमा एक दिन सार्वजनिक विदा दिने प्रचलनको शुरुभएको हो । नेकपा (एमाले) केपि ओली सरकारको पालामा त्यो विदा पनि एक साल कटौति गरिएको थियो । चौतर्फीक विरोध भएपछि अहिले नेपाल सरकारले क्यालेन्डरमा नै सार्वजनिक विदा घोषणा गरेको गर्ने गरेको छ भने तामाङ समुदायको बाहुलियता भएको स्थानीय सरकारहरुले भने तीन दिन सार्वजनिक विदा घोषणा गरेको छ ।

नेपाल तामाङ घेदुङको संघिय कार्यलय आयोजना गरेको सोनाम ल्होछारमा विदेष गरेर तामाङ सस्कृति झल्काउने विभिन्न झाँकीहरु प्रदर्शन, कलाकारहरुको गीतसंगीतको प्रदर्शनका साथ रमझममा नै टुँडिलखेको ल्होछार कार्यक्रम सम्पन्न हुने गर्दछन् । अहिले आयोजना भएको यो सोनाम ल्होछारमा पनि निरन्तरता मात्रै हो भन्ने आम सर्वसाधरणको बुझाई रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले कार्यक्रम उद्घाटन गरेपछि तामाङ समुदायमा विशेष योगदान दिने व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको नेपाल तामाङ घेदुङ संघीय कार्यलयको कार्यबाहाका महासचिव जगतमान दोङले जानकारी दिनुभएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »