सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

टुटल र पठाओको सेवा सुचारु

काठमाडौँ। निषेधाज्ञाका कारण बन्द भएका राइड सेयरिङ सेवाहरु नियमित हुन थालेका छन् । राइड सेयरिङ सेवाहरु दिने नेपाली कम्पनी टुटल र पठाओले नियमित सेवा थालेको छ ।

उपत्याकामा निषेधाज्ञा खुकुलो गरेसँगै राइडिङ सेयर गर्ने एपमार्फत सेवा थालनी भएको हो । नेपाली राइडिङ सेयर गर्ने कम्पनी टुटलले राइडर सतर्कतासहित सेवा थालेको छ ।

राइडरले पञ्जा, मास्क, चस्मा र सेनिटाइजर प्रयोग गर्नुपर्ने मापदण्ड तयार गरेर सेवा सुरु गरेको कम्पनीका संस्थापक शिक्षित भट्टले जानकारी दिए ।

त्यस्तै, पठाओले नियमित सेवा सुरु नगरेपनि निश्चित राइडरमार्फत सतर्कतासहितको सेवा थालनी गरेको छ । पठाओले अत्यावश्यक अवस्थामा अत्यावश्य सेवा चाहानेहरूलाई नियमित सेवामा दिने बताएको छ ।

सार्वजनिक सवारी नचलेकाले समस्यामा परेकाहरूलाई सघाउने सामाजिक भावनासहित सेवा दिने गरिएको उनले बताए । अब नियमित सेवामा जान अन्ति तयारी भइरहेको पठाओले बताएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »