जापानमा जारी टोकियो ओलम्पिकको महिला फुटबल विधातर्फ नेदरल्यान्ड्सले कीर्तिमानी जित निकालेको छ । बुधबार भएको समूह ‘एफ’को खेलमा नेदरल्यान्डसले जामबियामाथि १०–३ गोलान्तरको फराकिलो जित निकालेको हो । यो ओलम्पिकमा एउटा टोलीले एकै खेलमा गरेको सबैभन्दा धेरै गोल हो । नेदरल्यान्ड्सको जितमा मिडेमाले चार गोल गरिन् भने मार्टेन्सले दुई तथा पेलोभा, बिरेन्स्टेन, रुड्स र भान डी सन्देनले समान एक–एक गोल गरिन् । जामबियाकी बन्दाले ह्याट्रिक गोल गरिन् । नेदरल्यान्ड्सले पहिलो हाफमा ६–१ गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा नेदरल्यान्ड्सले चार गोल थप्यो भने जामबियाले दुई गोल गरेको थियो ।