सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गरेको सामग्री फेसबुक र ट्वीटरले हटायो

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गरेको सामग्री फेसबुक र ट्वीटरले हटाइदिएका छन्।

ट्रम्पले फक्स न्यूजलाई दिएको र फेसबुकमा पोष्ट गरेको कुराकानीको अंशमा कोभिडसम्बन्धी ‘हानिकारक मिथ्या सूचना’ भएको भन्दै फेसबुकले मेटिदिएको हो।

ट्रम्पले बालबालिकामा कोरोना भाइरसलाई प्रतिरोध गर्ने क्षमता भएको दाबी गर्दै सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा पोस्ट गरेका थिए। ट्विटरले पनि सोही अंश भएको ट्वीट नमेटेसम्मका लागि ट्रम्पको प्रचार अभियानको खाता निलम्बन गरिदिएको थियो।

कोभिडसम्बन्धी नीति प्रयोग गरेर फेसबुकले ट्रम्पले प्रेषित गरेको सामग्री पहिलो पटक हटाइदिएको हो। उनको पेजमा प्रकाशित सामग्रीलाई फेसबुकले पहिला पनि कारबाही गर्ने गरेको थियो।

यस अघि पनि कोरोनाभाइरस र हाइड्रोक्सीक्लोरोक्वाइनबारे मिथ्या सूचनालाई प्रोत्साहन गरेको भन्दै गत महिना ट्विटरले ट्रम्पका छोराको खाता निलम्बन गरिदिएको थियो। उनले फक्स टीभीको एउटा कार्यक्रममा टेलिफोनमा कुराकानी गर्दै देशभरि विद्यालय खोल्नुपर्ने तर्क गरेका थिए।

भर्खरै

सम्बन्धित खबर

Language »