सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ट्राफिक प्रहरीले एक हजार एक सवारी साधनलाई नियन्त्रण

काठमाडाैँ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा लकडाउनको उल्लंघन गर्ने एक हजार एक सवारी साधनलाई नियन्त्रणमा लिएको छ।

बिहीबार दिउँसो तीन बजेसम्म सो संख्यामा सवारी साधन नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। ति मध्ये ७२ वटा चारपाङ्ग्रे सवारी साधन छन् भने बाँकी दुई पाङ्ग्रे हुन्।

सरकारले कोरोना संक्रमितको संख्या बढ्न थालेपछि आजदेखि लकडाउनमा थप कडाइ गरेको छ। केही दिन यता सडकमा गाडी धेरै देखिएपनि आज न्युन मात्रामा चलेका छन्। अति आवश्यक क्षेत्रका सवारी साधनलाई मात्रै प्रहरीले चेकजाँच गरी छाडेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »