सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ठमेलका समस्या व्यवस्थापन, सुध्रिढिकरण, र विकासका लागि अध्यक्ष पदका उम्मेदवार ध्रुव अधिकारी का प्रतिबद्धताहरु

काठमाडौं । कोरोनाका कारण धरासायी भएको पर्यटकीय गतिविधिहरू पछिल्लो समय केहि हदसम्म भएपनि सुध्रिढ हुँदै गएको छ । विश्व सुमदाय नै कोरोनाबाट आक्रान्त भएको अवस्थामा नेपालले पनि मानवीयसहित आर्थिक तथा सामाजिक रुपमा क्षति व्यहोरेको छ । देशको विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको पर्यटन क्षेत्र कोरोनाकै कारण अस्तव्यस्त हुन पुग्यो । आन्तरीक तथा बाह्यरुपमा आवतजावत बन्द हुँदा नेपालको प्रमुख पर्यटकीय गन्तव्य स्थल ठमेलमा समेत असर परेको छ ।
कोरोनका कहरको समयपछि पुनः उहि गतिमा अघि बढ्दै गरेको ठमेल व्यवस्थित हुन सकेको छैन । तर यहि समयमा ठमेलको पर्यटनलाई व्यवस्थापन र विकासमा योगदान पुर्याउँदै आएको ठमेल पर्यटन बिकास परिषद्ले नयाँ नेतृत्व चयनका लागि यहि असार ३२ गते निर्वाचन गर्दै छ ।
निर्वाचनमा वर्तमान महासचिव ध्रुव अधिकारीले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् । प्यानलसहित उम्मेद्वारी दिएका अधिकारी नेकपा एमाले निकट मानिन्छन् । ठमेलका समस्या व्यवस्थापन, सुध्रिढिकरण, र विकासका योजना लगाएतका विषयमा अध्यक्ष पदका उम्मेदवार धु्रव अधिकारी का प्रतिबद्धताहरु
कोरोनाका कारण धर्मराएको ठमेलको बजारलाई उचाईमा पुर्याउन सक्छु भन्ने सोचका साथ मैले अध्यक्ष पदमा उम्मेद्वारी दिएको हुँ । म महासचिवको रुपमा अहिले पनि यो संस्थामा काम गरिरहेको छु । अब नेतृत्वका साथ ठमेललाई व्यवस्थित र मर्यादित बनाउने योजना बनाएको छु । ठमेल आन्तिरिक भन्दा बाह्य पर्यटकहरुको प्रमुख गन्तव्य हो । ठमेलले नेपालको पर्यटनको प्रतिनिधित्व गरेको छ भन्दा फरक पर्दैन । तर ठमेलमा परेको नाकारात्मक असर देशैभरको पर्यटकीय गन्तव्यमा पनि पर्छ । त्यसैले हामी ठमेललाई व्यवस्थित र सुरक्षित पर्यटकीय गन्तव्यका रुपमा विश्वमाझ चिनाउने अभियानमा सक्रिय हुनेछौँ ।
ठमेल दिउँसो मात्र नभई रात्रीकालिन बजार पनि हो । त्यसको व्यवस्थापनमा सरकारसँग साझेदारीका साथ व्यवस्थित बनाउन म सक्रियताका साथ लाग्नेछु ।
पार्किङको समस्या, सडक अतिक्रमण, अव्यवस्थित ढल आदिका कारण ठमेल अस्तव्यस्त भएको छ । म निर्वाचित भएपछि त्यसको सुधारका लागि काम गर्नेछु ।
व्यवसायीको हकहितमा रहने गरि ठमेललाई व्यवस्थित र उच्चतम पर्टयकीयक क्षेत्रमा विकास गर्नसक्ने क्षमता मसँग छ ।
व्यवसायीक सूरक्षा, र व्यवस्थित ठमेल नै व्यवसायीहरुको चाहना हो । उनिहरुको व्यवसाय अगाडी अनावस्यक फुटपाथ प्रयोग गरेर व्यापार व्यवसाय गर्दिदाँ समस्या हुने गरेको छ । लाखौँ रुपैयाँ घरभाडामा बुझाएका व्यवापारीहरु सडकमै व्यापार गर्ने व्यापारीका कारण मर्कामा छन्, अर्कोतर्फ त्यसरी सडकमै व्यापार गर्दा पर्यटकहरुलाई आवतजावतमासमेत समस्या हुने गरेको छ । जसका कारण ठमेल व्यवस्थित हुन सकेको छैन । नेपालमा रोजगारीको अभाव छ, त्यो बुझ्छौँ । उहाँहरुको पनि बाध्यता हुनसक्छ तर बाध्यता भयो भन्दैमा सडकमै बसेर शहरलाई नै अस्तव्यस्त बनाउने गरि व्यापार व्यवसाय हुन सक्दैन । यस विषयमा हामी उपयुक्त कदम चाल्छौँ । व्यवसाय सबैले गर्न पाउनुपर्छ, तर व्यवस्थित हुनुपर्छ भन्ने हो ।
नेपालमा बेरोजगारीका कारण यस्ता समस्याहरु छन् । हामीले पहिले सुझाव दिन्छौँ त्यस्तो नगर्नुस भनेर । त्यसपछि पनि केहि हुन सकेन भने हामी समस्या समाधानका लागि लाग्छौँ । रोजगारीका लागि अन्य माध्यमहरु पनि छन्, खुल्नुपनि पर्छ । सरकारलाई पनि ध्यानाकर्षण गराउनेछौँ ।
ठमेल बाह्य पर्यटनको आकर्षणको केन्द्र भएपनि आन्तरिक पयर्टकको रोजाइमा पर्न सकेको छैन । आन्तरिक र बाह्य पर्यटकका लागि सहज र सुलभ हुने किसिमको व्यवसायीक अभ्यास गराउने योजना बनाएको छु । नजिकका छिमेकी देशका पर्यटकहरुको रोजाइमा ठमेल अँझै पर्न सकेको छैन । उनिहरुलाई समेत लक्षित गरेर ठमेलको व्यवसायलाई अझ उचाइमा पुर्याउन सकिन्छ । भारत र चीनका पर्यटकलाई लक्षित गर्न सक्ने हो भने ठमेल अँझ व्यापारीक रुपमा अब्बल बन्ने देखिन्छ ।
छिमेकी देशका पर्यटक र अन्य तेस्रो मुलुकका पर्यटकहरुलाई भित्र्याउन सरकारको पनि महत्वपूर्ण भूमिका रहन्छ । सरकारले चालेका सकारात्मक कदममा हामी हरेक तवरले साथ दिन तयार छौँ ।
म देशभित्रका आन्तरिक पर्यटकहरुलाई पनि एक पटक ठमेलमा आउनुस हेर्नुस भन्न चाहान्छु । ठमेल बाहिर सोचेजस्तो नकारात्मक मात्रै पनि छैन । सुधार गर्नुपर्ने धेरै कुराहरु छन् तर ठमेल नाइटको व्यवसाय हुने मात्र ठाउँ होइन ।
ठमेलमा रात्रिकालिनको अलवा, दिवा समयको अन्य व्यापारीक केन्द्र पनि हो । बसोवासका लागि ठमेल सुरक्षित क्षेत्र पनि हो यहाँ पाँचतारे देखि सामान्य होटलहरुको समेत राम्रो व्यवस्थान छ ।
रेष्टुरेन्टहरुमा नेपाली खाना लगायत विभिन्न देशहरुमा बन्ने खानाको परिकारहरु पाइन्छ । एक पटक ठमेल आएर अवलोकन गर्नुस हजुरहरुले सोचेको भन्दा फरक ठमेल पाउनु हुनेछ ।
अर्कोतर्फ विद्युतका पोलहरुमा अनावस्यक तारहरु झुन्डीरहेका हुन्थ्यो, सानो मात्र इलेक्टिक सट भयो भने पनि धेरै मात्रामा क्षति हुन्थ्यो । यसको समाधान प्राय समाधान गरिसकेका छौँ । अहिले नेपाल सरकारसँगको साझेदारीमा ठमेल क्षेत्रलाई इलेक्टिक अनडर ग्राउड गर्ने र पुरै फ्रिरी वाइफाइ क्षेत्र बनाउन लागिपरेका छौँ । त्यसलाई पूर्णरुप दिन म हर तवरले लागिपर्ने छु ।
सफा र सुरक्षित ठमेल हामीले पहिलो प्राथमिकतामा राखेका छौँ । ठमेल क्षेत्रमा ढलको समस्या महत्वपूर्ण मुद्धा हो । पछिल्लो समय निरन्तर जनघनत्व बढिरहेको छ, जसका कारण झन समस्या थपिएको छ । तर पनि स्थानीय जनप्रतिनिधिहरु आएपछि भने केहि सहज हुँदै गएको छ । यसको समाधानमा म पनि निरन्तर लाग्नेछु ।
ठमेलमा स–साना गल्लीहरु धेरै छन् यो ठमेलको गहना हो । साना गल्लीमा चार पाङग्रे सवारी निषेध गरिएको छ । दुई पाङग्रे सवारी मात्र चल्छन् । यसलाई व्यावस्थित गर्नुपर्छ भनिरहेका छौँ । मेन गेटहरुमा नै हामीले फलामे बारहरु लगाउने र सवारी साधानहरु जान नदिने योजना बनाएका छौँ ।
आन्तरिक पर्यटकहरुको पनि ठमेलमा भिडभाड नै हुन्छ, जसका कारण पार्किङको समस्या हुने गरेको छ । त्यसको व्यवस्थापन आवस्यक छ । पछिल्लो समय निर्माण भएका भवनहरुमा अनडर ग्राउण्ड तथा फस्ट फ्लोरमा हामीहरुले अनिर्वायरुपमा पार्किङ राख्नको लागि अनुरोध गरेका छौँ । अर्कोतर्फ हामीले सवारी रहित ठमेलको परिकल्पना गरिरहेका छौँ । जसका कारण ट्राफिक समस्या भोग्न नपरोस र सवारी पार्किङको समस्यालाई पनि कहिहद सम्म कम गर्न सकियोस भन्ने छ ।
ठमेलमा अहिलेसम्म सार्वजानिक शौचालयको व्यवस्था हुन सकेको छैन, यो सत्य हो । तर ठमेलबासी र ठमेलमा व्यावसाय गर्नेहरुले आवस्यक परेका बेला शौचालयको प्रयोग गर्न दिने गर्नुभएको छ । ठमेल पर्यटन विकास परिषद र काठमाडौं महानगर–२६ को सहकार्यमा हामीले संचय चोकमा सार्वजानिक शौचालय बनाउने र काठमाडौं गेष्ट हाउसको चोकमा पनि शौचालय बनाउनको लागि ठाउँहरु खोज्दै छौँ । हाम्रो भावी योजनामा सार्वजनिक शौचालयलाई व्यवस्थित बनाउने पनि छ ।
ठमले म वा तपाइँहरु एक्लैले बन्ने होइन, हामी सबैको हातेमालो जरुरी छ । कोभिडका कारण धरासायी बनेको व्यवयायलाई पुन ताजकीकरण गरेर नयाँ उचाइमा पुर्याउनुछ । केन्द्र, प्रदेश र स्थानीय सरकारहरुसंगको सहकार्यमा दिर्घकालिन रुपमा यसलाई व्यवस्थित गर्न लागिपर्नु जरुरी छ । योजनावद्ध रुपमा विकास गर्न एउटा कार्यदल बनाएर त्यसको कार्यान्यन गर्न म पनि लागिपर्नेछु । साँस्कृतिक सम्पदाको संरक्षण र कला संस्कतिको प्रबन्र्धन गर्ने र विकृतिहरुलाई रोक्ने काममा म निरन्तर लागिरहेको छु र लाग्नेछु ।
सरकारले ठमेलमा चौविसै घण्टा व्यवसाय गर्न खुल्ला गर्ने निर्णय गरेपनि त्यो व्यवहारीक रुपमा लागु हुन सकेको छैन । त्यसको कार्यान्वयन गर्न पहल गर्नेछु । समग्र ठमेलवासी, व्यावसायी, अग्रजहरु तथा सहकर्मी साथीहरु सबैलाई उपस्थीत भएर मतदान गरि म र मेरो टिमलाई जिताउन अनुरोध गर्दछु ।

भर्खरै

सम्बन्धित खबर

Language »