सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ठुलाे पर्सेल स्वास्थ्य चाैकीमा ९० वर्षे इमान सिं तामाङ सहित १७ जनाकाे माेति-बिन्दुकाे अप्रेशन गर्न सफल

काभ्रे । तेमाल गाउँपालिका वडा नं. ६ ठुलाे पर्सेल स्वास्थ्य चाैकीमा भएकाे निशुल्क आँखा शिविरमा ९० वर्ष इमान सिं तामाङ सहित १७ जनाकाे माेति-बिन्दुकाे अप्रेशन गर्न सफल भएकाे वडा अध्यक्ष विकुलाल तामाङ माेक्तानले सारा खबरलाई जानकारी दिनु भयो ।

वडा कार्यलय ठुलाे पर्सेलकाे अयाेजनामा याे निशुल्क आँखा शिविरकाे अायाेजना गरेकाे हाे ।

वडा नं। ६ ठुलाे पर्सेलकाे आयाेजनामा संचालित उक्त शिविरलाई सफल पार्नका लागि मुटु फाउन्डेशन तथा मनाेज एसाेशिएसन फ्रान्सका अध्यक्ष धन बहादुर गुरूङकाे विशेष सहयाेग रहेको छ भने नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडाैँकाे संयाेजक कल्यान ढुंगानाकाे लगायत सम्बन्धित सस्थाका प्रमुख तथा प्रतिनिधि हरुको  साथ र सहयाेगमा याे शिविरकाे संचालन गर्न सहज भएकाे अध्यक्ष विकुलाल तामाङ माेक्तानले बताउनु भयाे ।

आज देखि तीन दिनसम्म याे निशुल्क आँखा शिविर संचालन हुनेछन् ।

आज नै ७७ जनाकाे आँखाको चेक जाँच भैसकेकाे छ भने १७ जनाकाे अप्रेश्न गर्न सफल भएकाे छ ।

नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडाैँकाे मेडिकल प्रमुख डांं. कमल खड्काकाे प्रमुखआतित्थ्यतामा आँखा शिविर शुरू भएकाे हाे ।

ठुलाे पर्सेल लगाएत वडा नं. ९ मेच्छेपाैवा, वडा नं. ८ चाेपटार, वडा नं. ७ चापाखाेरी, वडा नं. ५ नारायणस्थान पाेखरी, वडा नं. १, २,३ र ४ बाट निशुल्क आँखा शिविरमा स्थानीयहरूकाे बाक्लो सहभागीता रहेको छ। वडाले अप्रेशन गरेका विरामीका लागि खाना र बस्नकाे पनि व्यवस्था गरेका छन् ।


वडा अध्यक्ष विकुलाल तामाङ माेक्तानले याे अवसर नछुटाउनका लागि पनि सबैलाई विशेष अनुराेध गर्नु भएकाे छ ।

हालसम्म आँखा अप्रेशन भएकाहरुको नाम विवरण यस प्रकारकाे रहेकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »