सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ठुलो पर्सेल वडा नं. ६ मा सम्पुर्ण याेजनाहरूकाे उपभाेक्त गठन सम्पन्न

काठमाडौँ । काभ्रेको तेमाल गाउँपालिका वडा नं. ६ ठुलो पर्सेलमा वडाध्यक्ष विकुलाल तामाङ मोक्तानले सम्पुर्ण योजनाहरुको उपभोक्ता समिति गठन गरेकाे छ ।

वडाध्यक्ष विकुलाल तामाङ मोक्तानले कोरोना संक्रमणको समयमा पनि वडाको हरेक कार्यहरु गर्नका लागि कुनै कसर बाँकी राखेका थिएनन् ।

तेमाल गाउँपालिकाको ठुलो पर्सेलमा पालिका स्तरको देखिने कुनै योजना नभएता पनि वडाध्यक्ष तामाङले वडा स्तरको बजेटलाई पारर्दर्शिताका साथ सम्पन्न गराउनका लागि २४ वटा उपभोक्ता समिती गठन गरेका छन् ।

वडाध्यक्ष तामाङको भनाई अनुसार “तेमाल समृद्घका लागि वडाले काम नगर्ने हो भने सम्भव छैन । त्यसैेले समृद्घ सपनालाई पुरा गराउनका लागि समयमा नै योजनाको कार्यहरु सम्पन्न गराउनका लागि जनतासँग र विपक्ष दलको प्रतिनिधीहरु सँग पनि छलफल गरेर हामीले २४ वटा योजनाको नै उपभोक्ता गठन गरेका छौँ ।”

तेमालको ठुलो पर्सेललाई एक नमुना वडाको रुपमा जहिले पनि गाउँपालिकाको बैठकमा चर्चा चल्ने गरेको एक स्रोतले जनाएको छ ।
ठुलो पर्सेलमा अहिले सम्म ०७६/०७७ को कुनै पनि योजनाहरु बेरुजुमा परेको छैन । १००% सम्पुर्ण आयोजनाहरु सम्पन्न भएको थियो । यसले पनि ठुलो पर्सेलको वडाध्यक्ष विकुलाल तामाङ मोक्तानको चर्चा भएको थियो ।

दोस्रो पक्ष भनेको विपक्ष दलका प्रतिनिधिहरुलाई पनि रिझाउन सक्नु नै वडाध्यक्ष तामाङको अद्भुत क्षमता हो ।


धेरै स्थानीय तहमा विपक्ष दलसँगको सहकार्य नमिलेको कारणले समयमा नै वडाको योजनाहरु सम्पन्न हुन नसकेको नजिर तेमाल गाउँपालिकाको अन्य वडाहरुमा नै छरपष्ट देखिन्छन् ।
०७७/०७८ मा तेमाल गाउँपालिका वडा नं. ६ ठुलो पर्सेलको कुल बजेट ९३,२०,३५८ रहेको छ । यो बजेटलाई समयमा नै पुरा गराउनका लागि उपभोक्ता समिति गठन गरेको अध्यक्ष तामाङको भनाई रहेको छ ।


उपभोक्ता समितिको नाम यस प्रकार रहेको छ :


पधेरो टोल गोरेटो बाटो ः अध्यक्ष बगत तामाङ,


छात्रावास शौचालय निर्माण ः मिलन कुमार तामाङ,


देउराली डाँडा दमैटोल सडक निर्माणःदिपक थापा मगर,


कोल्तोङ स्वास्थ्य चौकी मर्मत ः ,


पञ्चकन्या देवीको मन्दिर र सतल मर्मतः गणेश प्रसाद त्रिपाठ्ठी,


राना टोल कृष्ण मन्दिर सत्तल निर्माणः पुर्ण बहादुर राणा मगर,


भुमेश्वरी पाइप खानेपानी खरिदः शान्त कुमार थापा मगर,


सिंगडी चिहान डाँडा सत्तल सडक निर्माणः अनिल लामा,


अल्छिडुङगा आर्यघाट सडक निर्माणः ज्ञान बहादुर तामाङ,

महांकाल मन्दिर संरक्षण तथा घेराबारः पंच बहादुर लामा,

पकुवाल मास्थे अार्यघाट गाेरेटाेबाटाे मर्मतः पुष्प रानामागर,

बिबिरे खाेला पकुवाल चापाखाेरी सडक मर्मतः माइला राना मगर,

देविस्थान अाहाल डाँडा वडा कार्यलय सडक मर्मतः लानम लामा,

डुम्बरी खानेपानी निर्माणः दवा वाङ्च्यु लामा,

सिमखाेला ढाँड खानेपानी मर्मतः

तल्लाे छाप च्यानडाँडा सत्तल निर्माणः सुमन राना मगर,

दुवारेटाेल सानाेगाउँ खाेर्लिङग चुवाबाेट खानेपानी लिफ्टिङः पुष्प तामाङ,

वाङ्तेन माने निर्माणः कर्साङ तामाङ,

वडा कार्यलय निर्माणः धन बहादुर तामाङ,

वडा कार्यलय घेराबार निर्माणः बिल बहादुर तामाङ,

पुरानाे बिबिरे खाेला खानेपानी मर्मतः रेशम बहादुर तामाङ,

सामुदायिक भवन निर्माणः अनिल कुमार राना मगर,

लालिगुराँस बालबिकास भवन तथा शाैचालय मर्मतः ,,

साबिक ३ र ४ बडाकाे मसानघाट सम्म सडक र सत्तल निर्माणः पेमा तामाङ

भर्खरै

सम्बन्धित खबर

Language »