सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ठुलो पर्सेल समृद्धको आधारः नव निर्मित वडा कार्यलय

काठमाडौँ । काभ्रेको तेमाल गाउँपालिका वडा नं. ६ ठुलो पर्सेलमा नव निर्मित् वडा कार्यलय भवन, वडा भिडियो प्रोफाइल, घेराबार, फूलबारी, भदौ ११ गते शुक्रबार प्रमुख अतिथि सलाम सिं तामाङले उद्घाटन गर्नु भएको छ ।

प्रमुख अतिथि सलाम सिं तामाङ, विशिष्ट अतिथि दुर्गामाया तामाङ, लगाएतका अतिथिहरुले संयुत्तरुपमा वडा कार्यलय भवन, वडा प्रोफाइल, वडा डकुमेन्ट्री, घेराबार, फूलबारीको उद्घाटन गरिएको थियो ।

समृद्ध ठुलो पर्सेल आधार यो वडा कार्यलयबाट शुरु भएको छ । विधि र विधानबाट समाज रुपान्तरणका लागि प्रशासनिक काम कार्बाही गर्न नव निर्माण वडा भवनबाट सजिलै लागु गर्न सकिने छन् । यसका लागि अब असल, निष्ठा र समाज बुझने नेता , वडाध्यक्षको खाँचो छ । वडाध्यक्ष विकुलाल तामाङमा त्यो गुण छन् ।

स्थानीय निर्वाचनमा गाउँ(गाउँमा सिहदरबार, गाउँ(गाउँमा अधिकार भन्ने मुल नारा अनुरुप अहिले आएर कार्यन्वयन हुँदैछ । तेमाल गाउँपालिकामा निर्माण सम्पन्न यो पहिलो वडा कार्यलय हो । कोरोनाको कारणले करिब ५ महिना देखि उद्घाटन कार्यक्रम सर्दै आएको थियो । करिब ५५ लाख लागतमा सम्पन्न वडा कार्यलयबाट वडाको विभिन्न सेवा संचालन गर्न सकिरहेको थिएन तर विभिन्न विरोध, बाधा अड्चनको बावजुत भदौ ११ गते शुक्रबार विशेष कार्यक्रमको आयोजना गरेर प्रमुख अतिथि सलाम सिं तामाङबाट उद्घाटन गरी वडाध्यक्ष विकुलाल तामाङले सेवा शुरु गरेका छन् ।

वडा कार्यलयको उद्घाटन गरी वडाध्यक्ष विकुलाल तामाङलाई कार्यकक्षमा लगेर प्रमुख अतिथि सलाम सिं तामाङले ठुलो पर्सेलको वडावासीको हरेक कार्यहरु सहज तरिकाले संचालन गर्न र सेवा दिन सफलताको शुभकामना दिँदै कुर्सीमा बसाएका थिए ।

यो वडा कार्यलय तेमाल गाउँपालिकाको नै नमुना वडा भवनको रुपमा चर्चामा छ । अहिलेसम्म अन्य वडाले वडा भवन निर्माण सम्पन्न गर्न सकिरहेको छैन ।

तेमाल गाउँपालिका वडा नं( ६ ठुलो पर्सेलमा सम्पन्न यो वडा भवनबाट भदौ ११ गते देखि सम्पुर्ण सेवा सुविधा सुचारु गर्ने वडाध्यक्ष विकुलाल तामाङले सारा खबरलाई जानकारी दिनुभयो ।

कार्यक्रमा नेपाल कम्युनिष्ट पार्टी ६ ( एकीकृत समाजवादीको स्थानीय नेता सूर्य बहादुर तामाङले तेमाल गाउँपालिकाको नै नमुना वडाको रुपमा विकास गर्नका लागि वडाध्यक्ष विकुलाल तामाङलाई सहयोग गर्न कहिले पछि नहट्ने बतएका छन् । स्थानीय नेता सूर्य बहादुर तामाङ भन्नु हुन्छ “हामीले तेमाल गाउँपालिका वडा नं( ६ ठुलो पर्सेललाई समृद्घ ठुलो पर्सेल बनाउनका लगि विरोध गरेर हैन हरेक योजनामा साथ र सहयोग गरेर अगाडी बढेका छौँ । हामी हरेक योजनहरुलाई छलफल गरेर मात्र कार्यन्वयन गछौँ ।”

नेपाली कांग्रेसका जिल्ला सदस्य युवा नेता सुनिल लामाले वडाले सडक सुधार गर्नु पर्ने सुझाव दिनुभयो भने शान्ति जन आदर्शको अध्यक्ष शंख बुद्घ लामाले ठुलो पर्सेलसँग कहिले नछुटिने साइनो गाँसेको बताउनु भयो।

विशिष्ट अतिथि तथा तेमाल गाउँपालिकाका उपाध्यक्ष दुर्गामाया तामाङले सिँहदरबारको अधिकार गाउँ(गाउँमा भन्ने मुल नारालाई चरितार्थ गर्न तेमाल गाउँसरकार सफल भएको बताउनु भयो । उहाँले तेमाल गाउँपालिका वडा नं( ६ को वडाध्यक्ष विकुलाल तामाङले पालिकामा नै उदाहरणीय काम गर्न सफल भएको भन्दै वडाध्यक्ष तामाङको प्रशंसा गरेका थिए ।

प्रमुख अतिथि सलाम सिं तामाङले भौतिक संरचना निर्माणमा तेमाल गाउँपालिका अग्र स्थानमा रहेको दाबी गर्नुभयो । उहाँले आफ्नो कार्यकालमा तेमाल गाउँपालिकाको कार्यपालिका भवन, पन्च बुद्घ, डम्फु पार्क, दोर्जे, वडा नं। ८ मा गुरु ह्रेम्पोचेको मुर्ति लगाएत धेरै संरचनाहरु निर्माण गर्न सफल भएको बताए । प्रत्येक वडासँग जोड्ने सडक संजाल निर्माण र तेमाल गाउँपालिकामा सडक कालोपत्रको कार्य शुरु गर्न सफल भएकोमा खुशी व्यक्त गर्नु भएको थियो ।

वडा अध्यक्ष विकुलाल तामाङले चार वर्ष सम्म ठुलो पर्सेल वासीको साथ र सहयोगले अहिलेको अवस्थामा आइपुग्न सफल भएको बताउनु भयो । उहाँले उपभोक्ता समितीहरुलाई विशेष धन्यवाद दिँदै अब आउने दिनमा नयाँ भवनबाट जनतालाई सेवा दिन पाउँदा धेरै खुशी भएको बताउनु भएको छ ।

अन्तमाः वडा कार्यलय भवनको उद्घाटनको समाचार सारा खबरबाट बाहिरीदा सामाजिक संजालमा धेरै विरोध भएको थियो । विशेष गरेर वडाध्यक्ष विकुलाल तामाङलाई नेपाली कांग्रेसका केही नेता तथा कार्यकर्ताहरुले नै विरोध गरेका थिए

कार्यक्रममा तामाङ समुदायको मेलोडी किङको रुपमा नाम कमाउन सफल संगीतकार तथा गायक विशाल काल्तन, गायिका शशिकला मोक्तान, तामाङ समुदायको महानायकको रुपमा नाम कमाउन सफल नायक अमिर दोङ,गायक प्रयास दोङ, गायिका जितु लोप्चन, गायिका निर्मला घिसिङ, नायिका शुष्मा मोक्तान, नायिका उर्मिला वाइवा, मोडल बसन्ती ब्लोन आदिको बेजोड प्रस्तुतीमा उपस्थित सम्पुर्ण दर्शकहरु रमाएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »