सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

डडेल्धुरामा आधा दर्जन गाईलाई पासो लगाएर मारे

डडेल्धुराको एउटा जंगलमा करिब आधा दर्जन गाईलाई पासो लगाएर सामुहिक हत्या गरेको फेला परेको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ स्थित सामुदायिक जंगलमा गाईको सामुहिक हत्या गरिएको पाइएको हो ।

गन्यापधुरा–१ को देउपाल सामुदायिक वन क्षेत्रमा ग्यालविन तारले पासो लगाएर सामूहिक गौ हत्या गरिएको भेटिएको स्थानिय पत्रकारले जनाएका छन् । घटनास्थलमा नेपाल पत्रकार महासंघको टोली पुगेको छ । पुगेका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उत्तर विष्टले करिब ५ वटा गाईको घाँटी ग्यालविन तारले बाँधेर सल्लाको रुखमा बाँधिएको अवस्थामा देखिएको बताएका छन् । यस्तै, एउटा गाईको बंगरा भेटिएको छ भने अर्को एउटा ग्यालविन तार खाली भेटिएको छ ।

घटना स्थलमा पत्रकार र प्रहरीको टोली पुगेको हो । प्रारम्भिक अनुसन्धानमा करिब ७ वटा गाईको हत्या भएको देखिएको छ । गाईलाई कसले र किन हत्या गरेको हो भन्ने कुरा खुलेको छैन । स्थानीय वन उपभोक्ताहरु घाँस दाउराको लागि जंगलमा पुग्दा गाईलाई पासो लगाएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

यसअघि गत असोजमा पनि सुर्खेतको जंगलमा सामूहिक रुपमा गौ हत्या गरिएको थियो । नेपालगन्जवाट दैलेख लैजान भनेर गाडीमा लिएर गएका गाईलाई सुर्खेतको भिरमा खसालिएको थियो । समितिले घटनामा संलग्नहरुलाई कारबाहीको सिफारिस गर्दै गृहमन्त्री रामबहादुर थापा (बादल) लाई प्रतिवेदन बुझाएको भएपनि कसैलाई कारबाही भएको छैन ।

भर्खरै

सम्बन्धित खबर

Language »