सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

डब्ल्यूएचओको टोली कोरोना भाइरसबारे अनुसन्धान गर्न शुक्रबार चीन प्रस्थान

काठमाडौं / २६ असार
कोरोना भाइरसको अनुसन्धान गर्न कोरोना भाइरस (कोभिड–१९) को विशेषज्ञको एक अग्रिम टोली शुक्रबार चीन प्रस्थान गरेको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) की प्रवक्ता मरगारेट ह्यारिसले टोली शुक्रबार चीन प्रस्थान गरेको बताएकी छिन।

ह्यारिसका अनुसार अहिले चीन गएका दुई सदस्य अनुसन्धानको दायरा तय गर्नका लागि गएको अग्रिम टोली हो । ह्यारिसका अनुसार विश्वव्यापीरुपमा कोरोना भाइरस महामारीसँगको लडाइँको समीक्षाको लागि बिहीबार बनाइएको एक स्वतन्त्र प्यानलमा डब्ल्यूएचओको कुनै भूमिका नरहने पनि स्पष्ट पारेकी छिन् ।

यो टोलीले चीनमा कोरोना भाइरसको उत्पत्तिको सम्बन्धमा जाँच गर्नेछन् । टोलीमा सहभागी संगठनका पशु विज्ञान र महामारी विज्ञानका ज्ञाता गरि दुई विशेषज्ञले चिनियाँ वैज्ञानिकहरुसँग मिलेर अनुसन्धानको दयरा र यस सम्बन्धमा हुने यात्राको कार्यक्रम निर्धारण गर्नेछन् ।

भर्खरै

सम्बन्धित खबर

Language »