सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

डा. बाबुराम भट्टराई : प्रधानमन्त्री ओलीलाई छाडा छोड्नु खतरनाक

काठमाडौँ / ३० असार ।
पूर्वप्रधानमन्त्री तथा जसपाका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब छाडा छोड्दा खतरनाक हुने बताएका छन् ।

प्रधानमन्त्री ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको भनेपछि डा. भट्टराईले मंगलबार बिहान ट्विट गर्दै यस्ताे टिप्पणी गरेका हुन् ।

डा. भट्टराईले प्रधानमन्त्री ओलीको वचन र कर्मले सीमा नाघेको भन्दै अति गरे खति हुने समेत बताएका छन् ।

ट्विटरमा डा. भट्टराईले लेखेका छन्, ‘संसदमा ‘सिंहमेव जयते’ र बेसार–पुराणदेखि अयोध्या–पुराणसम्म आउँदा उहाँको चिन्तनप्रणाली स्वस्थ्य देखिन्न ।’

डा.भट्टराईले संसद स्थगत गरेर अध्यादेश र संकटकालको खड्ग समेत ओलीले आफ्नो हातमा लिएको भन्दै त्यसको विरोध जनाएका छन् ।

उनले अब ओलीलाई छाडा छोड्न नहुने भन्दै उपचार खोज्नुपर्ने समेत बताएका छन् । संसदमा ‘सिंहमेव जयते’र बेसार-पुराणदेखि अयोध्या-पुराणसम्म आउँदा प्रधानमन्त्रीका चिन्तनप्रणाली स्वस्थ नदेखिएको पनि नेता भट्टराईले बताएका छन।

भर्खरै

सम्बन्धित खबर

Language »