सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

डि एन डि तामाङको “ह्राङ्लान् नाम्सा ह्राङ्लान् धिम्” गीत सार्वजनिक

गीतकार / पत्रकार डि एन् डी तामाङको “ह्राङ्लान् नाम्सा” बोलको तामाङ गीत सार्वजनिक भएको छ । गीतमा संगीत र स्वर कर्साङ लामाले दिएका हुन् भने गीतलाई संगीत संयोजन र अडियो मिक्सिङ पनि कार्साङ लामाले नै गरेका हुन् ।

गीतमा वैदेशिक रोजगारीका लागि विदेशिएका नेपालीहरूको कथा व्यथालाई समेटिएको छ । आफ्नो घर गाउँ जन्मभूमि र आमाको माया विशेषगरी विदेशिएकाहरुको मनमा सधैं रहिरहने र सम्झिरहने पाटोलाई यस गीतले उजागर गर्न खोजेको छ । जतिसुकै धनी र समृद्धि मुलुकहरूमा विलासी जीवन देखेपनि आफ्नै झुप्रो घर गाउँ नै प्यारो लाग्ने देशप्रेमको भावलाई गीतमा प्रस्तुत गरिएको छ ।
गीतलाई म्हारमेन मिडियाको अफिसियल युट्युब च्यानल मार्फत अडियो सार्वजनिक गरेको छ ।

गीत सुन्नुहोस्,

भर्खरै

सम्बन्धित खबर

Language »