सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

डुडुवाको अत्याधुनिक कार्यालय भवनको शिलान्यास


डुडुवा (बाँके), बाँके डुडुवा गाउँपालिकाको नयाँ कार्यालय भवन निमार्णको कार्य शुरु भएको छ । अत्याधुनिक प्रविधीबाट निमार्ण हुने सुविधा सम्पन्न भवनको सोमबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शुभ मुर्हुतमा विधीपुर्वक पुजापाठ गरि शिलान्यास गर्नुभयो ।
भवनको शिलान्यास गर्दै अध्यक्ष चौधरीले निमार्ण हुन लागेको भवनले गाउँपालिकाको काम काजमा निकै सहजता उत्पन्न गराउने र सेवाग्राहीलाई अझ बढी गुणस्तरिय सेवा प्रदान गर्नमा मद्दत पुग्ने बताउनुभयो ।

उहाँले जुनपनि संस्थालाई संस्थागत, दिगो र प्रभावकारी बनाउनमा पहिलो कुरा भनेको कार्यालय भवन नै भएकाले यसले जनप्रतिनिधी, कर्मचारी र सेवाग्राहीविचको सम्वन्ध सुधार गर्ने बताउनुभयो ।

उहाँले गाउँपालिका भवन निमार्णको यो ठुुलो परियोजना भएको भन्दै निमार्ण कम्पनीलाई निश्चित अवधीभित्र निमार्ण कार्य सम्पन्न गर्न र गुणस्तरियता कायम गर्न अनुरोध गर्दै प्राबिधिक तथा अनुगमन टोलीको भुमिका बढाउन अनुरोध गर्नुभयो ।


शिलान्यास कार्यक्रममा उपाध्यक्ष शाहिदा बानो, गाउँपालिका ३ नं. वडाध्यक्ष भण्डारीलाल यादव, प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्याय, लगायत अन्य जनप्रतिनिधी र कर्मचारीहरुको सहभागिता रहेको थियो ।
गाउँपालिका वडा नं. ३ बनकट्टीस्थित २० कठठा जग्गामा रु १३ करोड २६ लाखको लागतमा अत्याधुनिक कार्यालय भवन निमार्ण हुनेछ । चार तल्ले भवनमा चार सय जना क्षमता भएको ठुलो सेमिनार हल, सोनो सभा कक्ष, ३२ वटा कोठा, स्टोर कोठा, शौचालय, बाउण्ड्री, ठुला तथा साना सवारीका लागि पार्किङ्ग, प्ले ग्राउण्ड, सेवाग्राहीका लागि प्रतिक्षालय, गार्ड रुम र लिप्टसहितको भवन निमार्ण हुने प्राविधिक शाखाका मदनेश्वर झाले बताउनुभयो ।
रोयल कन्सट्रक्सन धनगढीले भवन निमार्णको ठेक्का पाएको छ भने दुई वर्षभित्र भवन बनाउने समझदारी भएको छ ।

भवन निमार्णका लागि रु ६ करोड संघिय सरकारबाट, करिब रु ३ करोड बढी जिल्ला समन्वय समिति बाँकेबाट अनुदान र बाकी रकम गाउँपालिकाको रहेको प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायले बताउनुभयो ।


गाउँपालिकाले अहिले वडा नंं ४ स्थित भवनबाट सेवा प्रवाह गरिरहेको छ भने बनकट्टीस्थित भवनको सभाकक्षबाट गाउँसभा बस्दै आएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »