सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

डुडुवा गाउँपालिकामा पोषण कार्यक्रमको दुई दिने समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न


नेपालगन्ज,बाँके डुडुवा गाउँपालिका स्तरिय पोषण कार्यक्रमको दुई दिने समिक्षा तथा योजना तर्जुमा गोष्ठी आज सोमबार सम्पन्न भएको छ ।

गोष्ठीमा गाउँपालिका अन्र्तगत वडास्तरमा रहेका स्वास्थ्य चौकीहरुले पोषण कार्यक्रम तथा अवस्था, समस्या र सुधारको पहलका बारेमा प्रस्तुतीकरण गरेका थिए ।


प्रस्तुतीकरणमा गाउँपालिकामा अझै पनि १४ प्रतिशत पोषणको स्तरमा सुधार गर्नुपर्ने देखिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताउनुभयो ।

उहाँका अनुसार बालबालिकाहरुको पोषण अवस्था सुधारका लागि खोप, पौष्टिक खाना, तौल र उचाईलाई विशेष ध्यान दिनुपर्दछ । जन्मेदेखि दुई वर्षको बालबालिकालाई आमाको दुध र थप पौष्टिक खाना खुवाउनले कुपोषण रोगबाट बचाउछ ।
गोष्ठीको आज सोमबार समापन गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले समुदायमा अझैपनि स्वास्थ्य सचेतनाको अभावमा बालबालिकाहरुलाई कुपोषण हुने गरेकाले गाउँपालिकाले चेतनामुलक सन्देश प्रवाह गर्नका लागि महिला स्वास्थ्य स्वयम्सेविकालाई परिचालन गर्ने बताउनुभयो ।

कार्यक्रममा कार्यपालिका सदस्य लिलावती यादव, वडासदस्य आमोद तिवारी, गाउँपालिकाका अधिकृत ओमबहादुर राना लगायतले बोल्नुभएको थियो । गोष्ठीमा गाउँपालिकाका ६ वटै वडाका स्वास्थ्य चौकी प्रमुख, फोकल पर्सन, लगायतको सहभागिता रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »