सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

डोनाल्ड ट्रम्प र उनकी पत्नी उनकी पत्नी मेलानियालाई कोरोना संक्रमण

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी फस्र्ट लेडी मेलानिया ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

यससँगै आफू क्वारेन्टिनमा बसेको र अब आफूहरु छिटै निको हुने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

यसअघि ट्रम्पकी सल्लाहकार होप हिक्सलाई कोरोनाभाइरस देखिएको थियो । चुनावी प्रचार प्रसारमा व्यस्त ट्रम्प र संक्रमण देखिएको होप टेलिभिजन डिबेटका लागि सँगै एयर फोर्स वनबाट यात्रा गरेका थिए ।

अमेरिकामा अहिलेसम्म विश्वकै सबैभन्दा धेरै ७४ लाखमा कोरोना पुष्टि भएको छ ।  जसमध्ये १ लाख १२ हजारको ज्यान गएको छ भने ४७ लाख ३६ हजार उपचारपछि निको भएका वल्ड्रोमिटरले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »