सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

डोल्पाकी सुत्केरीलाई पूर्व समाजवादी पार्टी बाँकेका युवा नेता कमरुद्दिन राईले १५ हजार रूपैयाँ नगद सहित सहयोग



नेपालगञ्ज, डोल्पा मुड्केचोलाकी एक सुत्केरीलाई पूर्व समाजवादी पार्टी बाँकेका युवा नेताले १५ हजार रूपैयाँ सहित सहयोग गरेका छन् ।

जस्का कारण उनको ज्यान जोगिएको छ भने नवजात शिशुको अवस्था समेत सामान्य छ । डोल्पा मुड्केचोलाकी शान्ती एक हप्ता अघि उपचारको लागी बाँके आएकी थिइन । लकडाउनको कारण डोल्पामा उपचार पाउन नसके पछि शान्तिका श्रीमानले कोहलपुर ल्याएका थिए ।

यहाँ पनि उनले उपचार सहज नभएपछि पुर्व समाजवादी पार्टीका नेता कमरुद्दिन राईको सम्पर्कमा आएपछि उनको कोहलपुर मेडिजल कलेजमा उपचार सम्भव भएको थियो ।


मेडिकलमा उपचार पश्चात उनले नवजात शिशुलाई जन्मदिएकी छिन । आमा र नवजात शिशुको स्वास्थमा सामान्य भएपछि आज डिस्चार्ज गरिएको छ ।

नेता राईले सुत्केरी ति महिलालाई नगद १५ हजार सहित केहि राहत सामाग्री समेत प्रदान गरेका थिए । समस्या परेको बेलामा आफुलाई सहयोग गरेकोमा भगवान् नै आएजस्तो महसुस भएको शान्तिले बताइन् ।

शान्तिले फोन मार्फत आफु र बच्चाको स्वास्थ अवस्था ठिक भएको भन्दै राईलाई धन्यवाद दिएको युवा नेता राईले बताएका छन्

भर्खरै

सम्बन्धित खबर

Language »