सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तत्काल रोजगारीमा जान नपर्नेले अबको दुई हप्ता श्रम स्वीकृतिको आवेदन नदिन सरकारको अनुरोध

काठमाडौँ। तत्काल वैदेशिक रोजगारीमा जान नपर्नेले अबको दुई हप्तासम्म श्रम स्वीकृतिका लागि आवेदन नदिन सरकारले अनुरोध गरेको छ ।

कोरोना महामारीका कारण दूरी कायम गर्नुपर्ने र अन्य स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएकाले तत्काल रोजगारीका लागि जान नपर्ने भएमा कम्तिमा अबको दुई हप्ता निवेदन नदिन वैदेशिक रोजगार कार्यालयले अनुरोध गरेको हो ।

कोरोना महामारीलाई मध्यनजर गर्दै अहिले कार्यालयले अहिले पुनः श्रम स्वीकृतिका लागि इ टोकनको सङ्ख्यासमेत सीमित गरेको जनाएको छ । तर तत्काल जान पर्ने भएमा निवेदन दिन सकिन्छ । तर अबको दुई हप्तापछि पुनः श्रम स्वीकृति लिंदा पनि हुने भएमा तत्काल निवेदन नदिन भनिएको हो ।

केही समयअघि कार्यालयको कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि ताहाचल कार्यालयबाट श्रम स्वीकृति सहित सबै सेवा बन्द गरिएको थियो । तर अहिले स्वास्थ्य मापदण्डसहित सेवा सुरु गरिएकाले कडाइका साथ कार्यालय जाँदा स्वास्थको मापदण्ड पालना गर्न कार्यालयले अनुरोध गरेको छ ।

सङ्क्रमण देखिएका कर्मचारी होम आइसोलेशनमा रहेकाले नै सेवा सीमित गरिएको कार्यालयको भनाइ छ । आफू कुन देश जान लागेको हो त्यस देशले जारी गरेको कोभिड १९ जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न लागू गरेका नियम र प्रबन्धबारे जानकारी लिन र त्यही अनुसार आवश्यक कागजात तयार पार्नुपर्छ । आवश्यक कागजात तयार पारेर मात्र पुनः श्रम स्वीकृतिका लागि निवेदन दिनुपर्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »