सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तम्बा संघको १० औं स्थापना दिवस सम्पन्न

काठमाडौं । तामाङ रिमठिम, ह्युलठिम लगायत ऐतिहासिक पक्षहरूका बारेमा लगातार कार्यरत तम्बा सङ्घ नेपालले १० वर्ष पार गरेको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट अशोज २ गते दर्ता प्रमाण(पत्र प्राप्त गरिएको हुनाले सोही दिनलाई स्थापना दिवसको रूपमा मनाउन थालिएको हो । यसै शिलशिलामा काठमाडौं, धनकुटा साथै ओखलढुङ्गा गरी एकसाथ तीन स्थानमा सङ्घको १० औं स्थापना दिवस धुमधामको साथ मनाइएको छ ।

काठमाडौंमा आयोजिक कार्यक्रमको अध्यक्षता तम्बा धावावाङ्गेल मोक्तानले गर्नुभयो । त्यस्तैगरी प्रमुख अतिथिमा तम्बा सङ्घको संरक्षक तथा जापानको लागि नेपाली पूर्वराजदूत डा। गणेश योञ्जन एवंरीतले विशिष्ट अतिथिमा गायक चन्द्रकुमार मोक्तान साथै राजनीतिक विश्लेषक एवं बौर्द्धदर्शनका अध्येता बुद्धछिरिङ मोक्तान रहनुभएको थियो । अन्य अतिथिहरूमा नेपाल तामाङ तम्बा घेदुङकी उपाध्यक्ष धनकुमारी घिसिङ, तिल्पुङ गुठीको अध्यक्ष काजिमान तामाङ, च्योइछोगको अध्यक्ष सोनम लामा लगायत रहनुभएको थियो ।

प्रमुख अतिथि डा. गणेश योञ्जनले म्हर्मेन दीप प्रज्ज्वलन गरी नेपला तम्बा संघको दशौं स्थापना दिवस मनाएको हो । कार्यक्रममा सङ्घको वरिष्ठ उपाध्यक्ष वीरबहादुर घिसिङ लगायतका तम्बाहरुद्वारा सुङसेरकेम गीत प्रस्तुत गरिएको थियो । यही अवसरमा गत भदौ ११ गते सम्पन्न सङ्घको पाँचौं अधिवेशनबाट चयन भएको कार्यसमितिका पदाधिकारीहरूलाई प्रमुखअतिथि योञ्जनद्वारा प्रमाण पत्रसमेत प्रदान गरियो ।

प्रमुख अतिथि डा। योञ्जनले शुभकामना मन्तव्यको क्रममा सङ्घको लागि आफूले सहयोग गर्दै आइरहेको साथै अबको दिनमा पनि विशेष पहलका साथ सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको छ । सङ्घले अनेकन् उतारचढाबहरू झेल्दै र पार गर्दै आएको यतिञ्जेलसम्म टिकेर बाँकी यात्राको सुनिश्चितता गरेको दाबी गर्दै उत्तरोत्तर प्रगतिको लागि शुभकामना समेत दिनुभयो ।

कार्यक्रममा अतिथिहरू चन्द्रकुमार मोक्ताान साथै नेपाल तामाङ संस्कृति घेदुङको अध्यक्ष छेवाङतेञ्जिङ लामा लगायतले समेत सङ्घको उत्तरोत्तर प्रगतिको लागि शुभकामना दिनुभएको छ ।

कार्यक्रमको विशिष्ट अतिथि साथै प्रशिक्षक बुद्धछिरिङ मोक्तानले तम्बास बौध्ददर्शनमा विद्यमान सङ्गेहरूका ऐतिहासिक र प्रमाणिक पक्ष त्यस्तैगरी आध्यामिक विश्वासको पक्षहरूमाथि विशेष प्रशिक्षण दिनुभयो । उहाँले विशेषतः बौद्धधर्मको दर्शन साथै बोनको समेत दर्शनलाई तामाङ तम् ९तामाङ आमजनबोली०मा उतार्ने वा प्रस्तुत गर्ने हुनाले तम् ९कुरा०मा कर्तावाचक पारबा जोडिएर तम्बा भएको दाबी गर्नुभएको छ । प्रशिक्षणको शिलशिलामा प्रशिक्षक मोक्तानले युरोप लगायतका देशमा राजनीतिको जन्म, ख्रिश्चियन धर्मको उदय, त्यसको विरूद्धमा उठेका आन्दोलन९विद्रोह० हुँदै ज्ञानोदयका पक्षहरूमाथि स्पष्ट पार्नुभयो ।

त्यस्तैगरी उदारलोकतन्त्रको उदयदेखि मार्क्सवादको जन्म युरोपमा भएर हामीसम्म पनि आइपुगेका तथ्यलाई तामाङको आफ्नै रिमठिम, ह्युलठिम तथा छ्योइठिम समेतको मौलिक व्यवस्था रहेको बताउनुभएको छ । तम्बाले डम्फू बजाउँदै गीत गाउँदाखेरि बहुल राष्ट्रिय राज्यको विरोधीका मुटु हल्लिने गरेको छ । राज्यद्वारा रचिएका अनेकन् प्रहारहरूलाई पार लगाउँदै तम्बाहरू गाउँ गाउँहरूबाट पुनःजागरण तथा पुनः ज्ञनोदयको मार्गमा प्रवेश गरिसकेको छ । तम्बा पद्वी तथा संस्था९इन्स्टिच्यूसन० समेत रहेको साथै यसले राजनीति परिवर्तन बन्दुकको नालबाट मात्रै हुन्छ भन्ने भाष्यलाई नै परिवर्तन गरिदिएको दाबी गर्नुभयो । यसप्रकार तम्बाले डम्फू र टुङ्नासहित मौलिक गीत गाउँदै आफ्नो सत्ताको अभ्यास थालिसकेकोले सफल हुनेमा कुनै शङ्का नरहेको समेत मोक्तानले प्रशिक्षणको क्रममा बताउनुभयो ।

कार्यक्रममा, गएको भदौ २९ गते देहावसान हुनुभएको दोर्जे गोले तामाङप्रति हार्दिक श्रद्धाञ्जलीसमेत अर्पण गरिएको छ । तम्बा सङ्घ नेपालको विधिवत् दर्ताअघि शुरूमा एक समिति गठन गरिएको र उक्त समितिको कोषाध्यक्ष साथै हाल सङ्घको सल्लाहकारसमेत रहनुभएको दोर्जे गोले तामाङको सम्झनामा एक मिनेट मौनधारण समेत गरिएको थियो । नेपाल तामाङ संस्कृति घेदुङको पूर्वअध्यक्ष साथै छ्योर्तेन टासी तामाङ गुम्बाको आजीवन तथा सचिवालय सदस्य रहनुभएको गोलेको ६० वर्षीय अल्पायुमा नै निधन भएको थियो । उहाँको अन्त्येष्टी भने हिजो अशोज १ गते मात्रै गरिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »