सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तरकारी विक्रेता ब्यवसायीसँग तरकारीको सहज आपुर्तीका लागि छलफल


नेपालगञ्ज, नेपालगञ्ज उपमहानगरपालिकाकाले रानी तलाउ तरकारी तथा फलफुल मण्डी समिति र तरकारी विक्रेता ब्यवसायीसँग तरकारीको सहज आपुर्तीका लागि छलफल गरेको छ ।

वाणिज्य कार्यालय, जिल्ला प्रशासन कार्यालय बाँके सहितको प्रतिनिधित्व रहेको बैठकले गरेका निर्णयहरु यसप्रकार छन् ।


बैठकमा तरकारी मण्डीबाट खुद्रा विक्रेता ( ठेला र साईकलमा वडामा तरकारी विक्रि वितरण गर्ने विषयमा छलफल केन्द्रीत भएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरका अनुसार स्थानीय प्रशासनसँग समन्वय गरिदैछ ।

तरकारी मण्डी रहेको वडा नम्बर ८ का वडा अध्यक्ष सुरेन्द्र गुप्ताको अध्यक्षतामा भएको बैठकमा समितिका अध्यक्ष मोतीसरा खड्का सहितका ब्यवसायी, उपमहानगरपालिकाका प्रशासन प्रमुख शरद पौडेल, वाणिज्य कार्यालयका प्रमुख कृष्णप्रसाद पौडेल,जिल्ला प्रशासनका वेदेश्वर गौतम लगायतको सहभागिता रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »