सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तराईमा कोरोना फैलिएसँगै सुरक्षित हुन रातारात काठमाडौं भित्रिने बढे

काठमाडौं । तराईका विभिन्न जिल्लामा कोरोना संक्रमण फैलिएसँंगै गृह जिल्ला छाडेर नागरिक रातारात काठमाडौँ उपत्यका आउन थालेपछि अझै जोखिम बढेको छ ।

कोरोना विषाणुको सङ्क्रमण तराईका जिल्लामा बढ्दै गएको छ । केही दिनअघि मात्र विराटनगर, वीरगञ्ज र बुटवलबाट २४ भन्दा बढी यातायातका सवारी साधन यात्रु बोकेर काठमाडौँ भित्रिएका थिए । सवारी साधनका लागि नागढुङ्गा नाकामा निसङ्क्रमण टनेल निर्माण गरिएको छ ।

यसरी बाहिरबाट उपत्यका प्रवेश गर्नेलाई कडाइ गरिए पनि निजी तथा भाडाका सवारी साधन प्रयोग गरी विभिन्न बहाना बनाएर मध्यरातमा उपत्यका भित्रिनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको बताइएको छ । त्यस्तै फर्पिङ, मुड्खु, भक्तपुरको जगाती र जर्सिङपौवा नाकामा समेत टनेल राख्ने योजना बनाइएको जानकारी महानगरीय ट्राफिक महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

निसङ्क्रमण टनेल निर्माण गर्दा यात्रु तथा सवारी केही हदसम्म सुरक्षित हुने देखिन्छ । खाद्य, तरकारी, पलफूल लगायत दैनिक उपभोग्य सामग्री बोकेर आउने सवारी साधनबाट समेत कोरोना विषाणु भित्रिन सक्ने भन्दै त्यस्ता सवारी साधनमाथि विशेष निगरानी बढाई डिस्इन्फेक्सन अनिवार्य गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »