सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तस्करीको सामान सशस्त्र प्रहरीको नियन्त्रणमा

नेपालगन्ज, भन्सार छलेर भारतबाट नेपालगन्ज ल्याइदै गरिएका लाखौं मुल्ययका लत्ता कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डमा गएको टोलीले बुधबार नेपालगन्ज वडा नम्बर १५ पिपरा गाउँबाट महिलाहरुले प्रयोग गर्ने कपडासहित तस्करीमा प्रयोग भएको अटोरिक्सालाई समेत बरामद गरेको हो ।

बरामद गरिएका कपडाहरुमा ६१ हजार रुपैयाँ बराबरको लेडिज सुट ६१ थान, ९० हजार ३०० रुपैयाँ बराबरको लेडिज कुर्ती १२९ थान बरामद गरेको छ । त्यस्तै १४ हजार ४०० रुपैयाँ बराबरको १२० थान लेडिज सल र १ लाख ५ हजार बराबर मुल्यको भे १ स ७१६६ नम्बरको अटोरिक्सा बरामद गरेको हो ।

भारतबाट कपडा ल्याउदै गरेका तस्करहरुले सशस्त्र प्रहरीलाई देख्ना साथ अटोरिक्सा र कपडा छोडेर भागेको सशस्त्र प्रहरीले बताएको छ ।


त्यस्तै सशस्त्र प्रहरीको कालाबन्जार बिओपीले पनि बुधबार नेपालगन्ज वडा नम्बर १५ नयाँबस्तीबाट लेडिज कपडा बरामद गरेको छ ।

बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सन्तोष डाँगीको कमान्डको टोलीले भारतबाट ल्याइदै गरिएका ६० हजार ९०० रुपैयाँ बराबरका ५० पिस लेडिज सुट, ५२ पिस लेडिज कुर्ती र ५१ पिस पलाजु बरामद गरेको हो ।

दुबै टोलीले बरामद गरिएको सबै अवैध सामाग्रीको मुल्य ३ लाख ३१ हजार ६ सय रुपैयाँ रहेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बाँकेले जानकारी दिएको छ । बरामद गरिएका सबै सामाग्रीलाई आजै नेपालगन्ज भन्सार पठाईएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »