सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

”ताईजी ङाला र्‍याल” म्यूजिक भिडियो सार्वजनिक

काठमाडौ । पछिल्लो समयमा निक्कै नै तामाङ गीतसंगीतको छायंकनमा व्यस्त सुमन तामाङ प्रोडक्शनका सञ्चालक सुमन तामाङको निर्देशनमा नयां तामाङ गीत ताईजी ङाला र्‍याल बजारमा सार्वजनिक भएको छ ।

सुजन तामाङको प्रस्तुतीमा बनेको उक्त गीतको म्युजिक भिडियोमा पाल्देन लामा, सन्जिव लामा, नबिना ब्लोन, सुस्मिता तामाङ र बिशाल तामाङलाई देख्न सकिनेछ ।

देवराज स्याङ्तानको शब्दमा कोशिस थोकरको संगीत रहेको उक्त गीतमा सुजन स्याङ्तान र सृजना स्याङतानको आवाज रहेको छ भने एरेन्ज र मिक्सिङ सानुबाबु घिसिङको रहेको छ । भिडियोको नृत्य निर्देशन युद्ध लामा ब्लोनले गरेको छ भने छायंकन, सम्पादन र रङ्ग सम्पादन सुमन तामाङले गरेका हुन् ।

सुमन तामाङ प्रोडक्शन मार्फत सार्वजनिक गरिएको तामाङ गीत ताईजी ङाला र्‍याल तामाङ भाषाको बिल्कुलै ठट्यौली गीत रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »