सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तामाङ्ग र्‍याप मा वाई. एस. के. ग्रूप को तहल्का : रेवन चश्मा मिरी

काठमाडौँ । डम्फु मिडियाको ब्यानरमा बनेको  बहु चर्चित तामाङ्ग र्‍याप “रेवन चश्मा मिरी “को म्युजिक भिडियो आज एक कार्यक्रम बिच सार्वजानिक गरिएसंगै तामाङ्ग र्‍याप कस्तो होला भनेर पर्खाइमा बसेका दर्शक श्रोताको जिज्ञासा मेटीएको छ  ।

सिन्धुलीको मुलकोट स्थित एक रिसोर्टमा धेरै खण्डको छायांकन सकाएको यस म्युजिक भिडीयोमा हेलिकप्टरको समेत प्रयोग गरीएको छ ।  भिडियोको  पुरै छायंकनको काम सिन्धुलीको मुलकोट आसपास र काठ्माण्डौको केहि ठाउँमा सकिएको थियो  ।

तामाङ समुदायमा स्वर सम्राटको रुपमा चिनिएका गायक तथा संगीतकार चन्द्रकुमार दोङको प्रमुख आत्थ्यिता, चर्चित गायक रोज मोक्तानको बिषेस आतिथ्य र दर्जनौ तमाङ्ग कलाकार हरुको उपस्थितिमा काठमाडौँको “प्याराडाइज ब्याङ्क्वइट” नयाँ बजारमा पत्रकार सम्मेलन गरी रेवन चश्मा मिरी म्युजिक भिडीयो सार्वजानिक गरीएको थियो  ।

डम्फु मिडियाले आफ्नै अफिसियल युट्युब च्यानल मार्फत बजारमा ल्याएको यस गीतको रेकर्डिङ काठ्माण्डौ डिजिटल नयाँबजारमा गरीएको थियो ।भिडीयो को निर्देशन अमिर दोङ ले गरेका हुन्। गीत को स्वर ,शब्द र संगीत  YSK Feat.Shashikala Moktan को रहेको छ भने  मिक्सिङ्ग डिका गुरुङ्ग र एरेन्ज कार्साङ तामाङ्ग को रहेको छ  ।

तामाङ्ग म्युजिक भिडीयो मात्र नभएर समग्र म्युजिक भिडीयो कै तुलना मा सर्वाधिक लगानि  गरी बनाईएको यो म्युजिक भिडियो सार्वजानिक कार्यक्रममा बोल्दै बक्ताहरु ले यसको सकारात्मक र नराकारात्मक टिप्पणि गरेका छन्  ।

कार्यक्रम मा बोल्दै युवा ब्यबसायी छेडुप तामाङ्ग ले नेपाल मा गीत संगीत क्षेत्र  को लगानि बालुवामा पानि हाले सरह हुन नदिन को लागि बिस्व संगीत बजारमा प्रवेश गर्नु पर्ने र त्यस्को लागि आवस्यक प्रकृया पुरागरेर डलर एकाउण्ट मार्फत कारोवार गर्न सके  अरु गीत संगीत ले झै तामाङ्ग गीत संगीत ले पनि बिस्वका आम मानिस को मनमा बस्न सक्ने र  त्यस बाट आएको रोयल्टी ले सर्जक कलाकार को पनि गुजारा चल्नु कासाथै लगानी पनि सुरक्षित हुन सक्ने बताए  ।

चर्चित तामाङ्ग गायक रोज मोक्तान ले नेपालि संगीत क्षेत्र मा र्‍याप को चलन गीत संगीत को शुरुवात बाटै भएको भएपनि त्यस्लाई ब्यबस्थित गर्न नसकेको अवस्थामा पछिल्लो पिडि ले यस्लाई अगाडी बढाउँदा आफुलाई खुसि लागेको बताएक छन्  । र्‍याप मा प्रयोग गरीने शब्द हरुको कारण समाजमा र्‍याप प्रतीको नकारात्मक धरणा बनिरहेको अवस्थामा अलि मौलिक शब्द सहित आएको यो रेवन चश्मा मिरी  ले र्‍याप लाई हेर्ने र बुझ्ने दृष्टीकोणनै परीवर्तन भएर सकारात्मक बाटो मा अगाडी बढ्ने आशा आफुले लिएको बताएका छन् ।

वाई. यस. के. ग्रुपको यो करिब ५ वर्षपछि यो प्रस्तुति हो । यो प्रस्तुतिले वाई. यस. के. ग्रुपलाई तामाङ समुदायमा पुनः स्थापित गराउने छ भन्दा फरक नर्पाला तर दर्शकको रुचाईमा पनि भर पर्ने छ । यो ¥याप गीतले तामाङ समुदायमा नयाँ तरङ्ग थपिदिएको छ । लगानीको हिसाबले पनि तामाङ समुदायको सबै भन्दा ठुलो लगानीको म्यूजिक भिडियो हो ।

कार्यक्रम का प्रमुख अतिथि  गायक तथा संगीतकार चन्द्रकुमार दोङले आफु ले बर्षौ देखि हेर्न चाहेको म्युजिक भिडियो आज हेर्न पाएको भन्दै वाइ एस के ग्रूप लाई खादा लगाएर  सम्मान गरेका थिए । तामाङ्ग संगित क्षेत्र मा यति धरै लगानि मा म्युजिक भिडियो बन्नु आफैँ मा गौरवमय भएको उन ले बताएका छन्। कलाकार र सर्जक लाई बचाइ राख्ने कुरा आम दर्शक श्रोता को हातमा भएको स्विकार गर्दै यो रेवन चस्मा मिरी ले र्‍याप संगीत को क्षेत्र मा छलाङ्ग मार्ने कुरामा आफु बिस्वस्त रहेको उन ले बताएका छन्।

डम्फु मिडिया का संचालक तथा वरिष्ट तामाङ्ग कलाकार अमिर दोङ्ग को सभापतित्वमा भएको कार्यक्रम संचालन नमोबुद्ध न्युजका संचालक छेडुप दोङले गर्नु भएको थियो ।

भिडीयो हेर्न तलको लिंक मा क्लिक गर्नु होला ।

भर्खरै

सम्बन्धित खबर

Language »