सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तामाङ चलचित्र “काख्रे” असार १८ गते राष्ट्रिय नाँचघर जमलमा, तयारी पुरा

काठमाडौं । काख्रे चलचित्र प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको नायक तथा लेखक ऋतुराज पाख्रिनले सारा खबरलाई जानकारी दिएको छ ।

असार १८ गते शनिबार दिनको ठिक १स्०० बजे काठमाडौंको राष्ट्रिय नाँचघर जमलमा पूर्व सांसद बहादुर सिं तामाङको प्रमुख आतिथ्यतामा काख्रे चलचित्रको प्रिमियर शो हुनेछन् । कोभिड १९ पछि प्रिमियर शो भएको तामाङ समुदायको यो पहिलो चलचित्र हो ।

असार ३ गते काख्र चलचित्रको टेलर सार्वजनिक भएको थियोे । पत्रकार सम्मेलन मार्फत राष्ट्रिय नाँचघर जमलमा प्रिमियर शो हुने जानकारी दिएका थिए । अहिले सम्पूर्ण तयारी पूरा भएको काख्रे निर्माण टिमले बताएका छन् ।

काख्रे चलचित्र लकडाउनको समयमा नै निर्माण भएको थियो । कथाकार तथा नायक ऋतुराज पख्रिनले सामाजिक विकृति र विसङ्गतिको विरुद्ध काथि प्राहार गरि तयार पारिएको चलचित्र भएको बताएको छ । यसैगरी निर्देशक रोशन फ्युवाले अहिलेसम्मकै तामाङ समुदायको ब्याङ्ग्यात्मक पहिलो चलचित्र भएको दाबी गरेका छन्।
नायिका सुनिता लुङ्वाको भनाइ भने यस्तो छ । ूमैले यो चलचित्रमा फरक भुमिकामा अभिनय गरेको छु । यो भन्दा धेरै चलचित्रहरुमा मुख्य भुमिकामा अभिनय गर्ने अवसर मिल्यो तर यो चलचित्रले जस्तो फरक सन्देश अरु चलचित्रबाट दिन सकेको थिएन तर असार १८ गते सबैले राम्रै सन्देश बोकेर जानेछन् भन्नेमा म ढुक्क छु ।ू

काख्रे चलचित्रले वर्तमान युवाहरूले काठमाडौंमा बोकेका समस्याहरुलाई प्रमुख मुद्दाको रुपमा प्रस्तुत गरेको पाइन्छ । काठमाडौंको डिस्कोथेग तिर महिलाहरुको जीवन अवस्थाको बारेमा काख्रे चलचित्रबाट थाहा पाउने लेखक ऋतुराज पाख्रिनको दाबी रहेको छ ।
यो चलचित्रमा नायिका सुनिता लुङ्वा, नायक ऋतुराज पाख्रिन,हास्यकलाकार कुइसाङ रुम्बा मोडल प्रभा घिसिङ ।।।।।। लगाएतको कलाकारहरुको अभिनयबाट आन्नद लिन सकिने छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »