सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तामाङ चलचित्र “काख्रे” भक्तपुरको बाराही हलमा असोज १ गते प्रर्दशन हुँदै

“तामाङ समुदायको बहुलिएता भएको स्थानमा यो “काख्रे” चलचित्र प्रदर्शन गर्नका लागि तामाङ चलचित्र संघ नेपाल बागमती प्रदेशको पुर्ण सहयोग रहने छ । असमान वाइवा: तामाङ चलचित्र संघ बागमती प्रदेशको अध्यक्ष

काठमाडौँ । तामाङ चलचित्र “काख्रे” भक्तपुरको बाराही हलमा असोज १ गते शनिबार दिनको दुई बजे प्रदर्शन हुने छन् त्यो भन्दा अगाडी सेप्टेम्बर ११ (भदौ २६) गते मलेसियामा प्रदर्शन हुने भएको छ ।

तामाङ चलचिलत्र संघ नेपाल बामगमती प्रदेशको अध्यक्ष आसमान वाइवाको प्रमुख आतित्थ्यतामा भक्तपुरमा भएको पत्रकार सम्मेलनमा नायक तथा लेखक ऋतुराज पाख्रिनले तामाङ समुदायको बहुलियता रहेको भक्तपुरमा प्रदर्शन गर्न लागेको बताएको छ । काठमाडौँको राष्ट्रिय नाँचघर जमलमा असर १३ गते विशेष प्रिमियर शो भएको थियो । प्रविधिक समस्या आएपछि सामाजिक संजालमा “काख्रे” चलचित्रको बारेमा विभिन्न टिका टिप्पणी भएको थियो । ऋतुराज पाख्रिन र निर्देशक रोशन फ्युवालार्इृ दर्शकहरुले गाली पनि गरेको थियो तर ती प्राविधिक त्रुटिलाई सुधार गरेर कतारमा प्रदर्शन गर्न सफल भएको थियो । कतारबाट दर्शकको प्रतिक्रिया राम्रो आएपछि काख्रे टिमले यही आउदौ आश्विन १ गते शनिबार भक्तपुरको बाराही मुभिमा प्रर्दशनको लागि हौसिएका निर्मता प्रवल थिङले पत्रकार भेटमा बताएको छ ।

भक्तपुरमा भएको पत्रकार भेटघाटमा ऋुतुरा पाख्रिले राष्ट्रिय नाँचघरमा भएको गल्तीलाई सुधार गरेर भक्तपुरमा प्रदर्शन गर्न लागेको हुनाले दर्शको प्रतिक्रिया राम्रो आउने बताए । यसै बीच प्रमुख अतिथि तामाङ चलचित्र संघ नेपालको नव निर्वचित अध्यक्ष आसमान वाइवाले तामाङ चलचित्र काख्रेको धेरै चर्चा परिचर्चा भएको हुनाले दर्शकले हलमा काख्रे हेर्न आत्तुर रहेको बताए । उहाँ भन्नुृ हुन्छ । “ हो तामाङ चलचित्र काख्रेको सामाजिक संजालमा धेरै चर्चा भयो । त्यसैले त कतारमा प्रदर्शन हुन सफल भयो । अब मलेसियामा हुँदैछ । भक्तपुरमा यही असोज १ गते प्रदर्शन हुँदै छ । अब हामीले विभिन्न ठाउँमा यो काख्रे चलचित्रलाई प्रदर्शन गर्नु पर्छ । त्यसमा तामाङ चलचित्र संघ नेपाल बागमती प्रदेशले के कस्तो सहयोग गर्नुपर्ने हो सहयोग गर्न तयार छु ।”

पत्रकारहरुको प्रश्नको जवाफ दिदै नायक तथा लेखक ऋतुराज पाख्रिन्रले भन्नु भयो । “हामीले लकडाउनको समयमा निर्माण गरेको यो चलचित्र विशुद्द व्यवसायीक चलचित्र हाे । अब भक्तपुरमा यो चलचित्र हेरेपछि सबैले थाहा पाउने छन् । अब तामाङ चलचित्रले पनि धार परिवर्तन गरेर तामाङ चलचित्र निर्माण हुन थाले छ भनेर दर्शक आफैले बोल्ने छन् ।”

भर्खरै

सम्बन्धित खबर

Language »