सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तामाङ चलचित्र संघको कलाकारहरुलाई प्रोत्साहन, वागमती प्रदेशलाई दियो बैधानिकता

काठमाडौँ । बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तान चाबहिल स्थित चलचित्र विकास बोर्डको हलमा तामाङ चलचित्र संघ नेपालले आयोजना गरेको कार्यक्रममा सहभागी जनाउनका लागि बिहान दश बजे आइपुगेको भएपनि सामाजिक विकास मन्त्री कुमारी मोक्तानले करिब दुई घन्टा कुर्नु परेको थियो । समय व्यस्तता बाबजुद अर्को कार्यक्रममा सहभागी हुन ढिला भएको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले आयोजकलाई जानकारी दिएपछि आयोजक कार्यक्रम शुरु गर्न तातिएको थियो ।

तामाङ चलचित्र संघ नेपालले प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरुलाई उपस्थितिका लागि बिहानको दश बजेको समय तोकेर पत्र काटेका थिए । उक्त पत्रमा उल्लेख भएको समयनुसार गरी सामाजिक विकास मन्त्री कुमारी मोक्तान कार्यक्रममा सहभागी जनाउन आउँदा दुई घन्टा कुर्नु परेको थियो ।

तामाङ चलचित्र संघ नेपालमा कुमार मोक्तान अध्यक्ष भएपछि धेरै राम्रा कार्यहरु भएका छन् । कलाकारहरुको सम्मान, चलचित्रकर्मीलाई नयाँ चलचित्र निर्माण गर्नको लागि प्रोत्साहन तथा गलत कार्य गर्नेको चर्को आलोचना गरेर संस्थाको बदनाम गर्न नदिनका लागि सचेत गराउने कार्यमा अध्यक्ष मोक्तान सफल देखिएका छन् तर तामाङ चलचित्र संघ नेपालले भदौं १६ मा तामाङ चलचित्र दिवस मनाइरहँदा स्वर्गीय वरिष्ठ कलाकार जयनन्द लामालाई नसम्झेकोमा व्यापक आलोचना खेप्नु परेको छ ।

करिब बाह्र बजेपछि संस्थाको महासचिव सुनिता लुङवाले कार्यक्रम शुरु भएको उद्घोष गरेका थिए ।

कार्यक्रम ढिला शुरु भएपछि प्रमुख अतिथिले शुरुमा नै बोलेर कार्यक्रम स्थलबाट बाहिरिएका थिए ।

कार्यक्रमको नयाँ ढाँच्चा र प्रविधिको प्रयोग गरेको भन्दै सामाजिक विकास मन्त्री कुमारी मोक्तानलाई दर्शक दिर्घ बसेको पहिलो लहरमा आसन ग्रहण गराएको थियो । कार्यक्रममा विभिन्न १६ विधामा योगदान पु¥याएका कलाकार तथा पत्रकारहरुलाई सम्मान गरेका थिए । सम्मान हुनेमा सेमरी छोरङान चलचित्रमा कलाकारको भुमिकामा अभिनय गरेको हुनाले र कलाकारिता क्षेत्रमा निरन्तर योगदान दिदै आएको वरिष्ठ संगीतकार तथा गायक रोज मोक्तानलाई टि। एफ। आर। जयनन्द श्री सम्मानबाट सम्मान गरेको थियो । यसैगरी पटकथा तथा नयाक ऋुतुराज पाख्रिन, नायकमा टुल्साङ मोक्तान, नायिकामा निशा तामाङ,चलचित्र निर्मातामा भगवती मोक्तान, गायकमा वरिष्ठ संगीतकार तथा तामाङ कलाकार संघको उपाध्यक्ष विशाल काल्तान, गायिकामा जितु लोप्चन, संगीतकार जोगलाल तामाङ, गीतकार कुमार स्याङबो, द्वन्द्व निर्देशक राजु किराँती, श्रंगारकर्ता विना लामा, छाँयाकार विक्रम मोक्तान त्यसैगरी नित्य निर्देशक सुनिल कुमार मोक्तान, निर्देशक अजय स्याङतान, चरित्र अभिनेत्री मायादेवी मोक्तान, नायक तथा निर्देशक हुत्त बहादुर तामाङ, चरित्र अभिनेता राजकुमार तामाङ, पत्रकार जगतमान बल, सम्पादक दिपक तामाङलाई सम्मान गरेका छन् ।

तामाङ चलचित्र निर्माता भगवती मोक्तान सम्मान पत्र थाप्दै

मिस तामाङ २०२१ का सफलता थिङको प्रस्तुती,
सस्थाको महसाचिव सुनिता लुङवाले कार्यक्रम संचालन गरिरहँदा दर्शकदिर्घबाट एक्कासि मिस तामाङ सफलता तामाङ थिङको प्रवेश भएको थियो ।

तामाङ चलचित्र संघले दियो तामाङ चलचित्र संघ बागमती प्रदेशलाई दियो बैधानिकता

तामाङ चलचित्र बागमती प्रदेशका अध्यक्ष आसमान वाइबा तामाङ निर्वाचित भएपछि तामाङ चलचित्र संघ केन्द्रको पहिलो बैठकमा बागमती प्रदेशलाई वैधानिक नदिने भनेर माइन्युट गरेको भए पनि तामाङ चलचित्र प्रदर्शन दिवसको अवसरमा आयोजित कार्यक्रममा बागमती प्रदेशलाई वैधानिकता प्रदान गरेका छन् ।

स्रोतका अनुसार बागमती प्रदेशलाई वैधानिक नदिने भनेर गरेको निर्णय बाहिर सार्वजनिक भएपछि बागमती प्रदेशका केही पदाधिकारीहरु र तामाङ चलचित्र संघका अध्यक्ष कुमार मोक्तानसंग रुष्ट समूहले अर्को तामाङ चलचित्र संघ खोल्ने तयारी गरेपछि अध्यक्ष मोक्तान लचिलो भइ बागमती प्रदेशलाई वैधानिक प्रदान गरेको जानकारी प्राप्त भएको छ ।

नायक कुमार मोक्तानमा लुकेर बसेको अब्बल चरित्र:

नायक तथा मेघास्टार कुमार मोक्तान तामाङ चलचित्र संघ नेपालको केन्द्रीय अध्यक्ष भएपछि तामाङ चलचित्रत्र सम्बन्धी धेरै राम्रा कार्यहरु सम्पन्न भएका छन् । कोरोनाको कारण थिलथिल भएको तामाङ चलचित्र क्षेत्रलाई माथि उठान गर्नका लागि अध्यक्ष कुमार मोक्तानको योगदान रहेको छ । अध्यक्ष मोक्तानले स्वर्गीय जयनन्द लामा सम्मान कार्यक्रम, सामाजिक संजाल चलचित्रको निर्माण तथा प्रदर्शन, आदि कार्य गर्न सफल भएको छ । कुमार मोक्तान अध्यक्ष भएपछिको हरेक गतिविधिलाई सबैले राम्रो मुल्याङ्कन गरिरहेका छन् तर अध्यक्ष मोक्तानको छिट्टै रिसाउने, एक्कासी निर्णय लिने बानीले सस्थाले गरेको काम विवादमा मुछिने गरेको नाम नबताउने सर्तमा तामाङ चलचित्र संघकै एक पदाधिकारीले बताउनु भयो ।

२७ औं चलचित्र प्रदर्शन दिवस मनाईरहँदा अध्यक्ष मोक्तानले सामान्य कुरालाई ख्याल नदिँदा विवादमा तानिएको देखिन्छ । कार्यक्रमको शुरुवातमा सेमरी छोरङान चलचित्रको कलाकार स्वर्गीय वरिष्ठ कलाकार जयनन्द लामाको सम्झनामा एक मिनेट मौन धारण नगरेको कारणले विवादमा तानिएको हो।

तामाङ चलचित्र संघको नारा “हाम्रो चलचित्र मौलिक चलचित्र, राष्ट्र निर्माणमा तामाङ चलचित्र” समय सान्दर्भिकता छन् तर सबै क्षेत्र समेट्न नसकेको भन्दै सामाजिक संजालमा गुनासोहरु देख्न, हेर्न पाइन्छ । धादिङ, नुवाकोट,सिन्दुपाल्चोक आसपासको कलाकारहरुलाई समेट्न नसेकेको आरोप अध्यक्ष मोक्तानलाई लागेको छ ।

अन्तमाः अध्यक्ष कुमार मोक्तानको कार्यकाललाई स्वर्णिम कार्यकालको रुपमा लिन सकिन्छ । ओरालो लागेको तामाङ चलचित्र क्षेत्रलाई माथि उठान गर्नका लागि अध्यक्ष कुमार मोक्तानले प्रत्यक्ष,अप्रत्यक्ष योजनाहरु कार्यन्वयनमा ल्याई रहेका छन् । तामाङ चलचित्र प्रदर्शन दिवसको अवसरमा विभिन्न १६ वटा विधामा विभिन्न व्यक्तिलाई सम्मान गरि तामाङ चलचित्र क्षेत्रमा योगदान दिएका कलाकार हरुका लागि प्रोत्साहन हो । यसले अगाडी बढ्न थप हौसला थपिएको पुरस्कार प्राप्त शब्द रचनाकार कुमार स्याङवाले सारा खबरसँगको सम्बादमा बताएका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »