सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तामाङ पत्रकारहरूका लागि पेन्सलभेनिया नेपालीज् गुठी एशाेसिएसन अमेरिकाद्वारा स्वास्थ्य सामग्री

काठमाडाैँ । फ्रन्ट्लाइनमा बसेर काम गर्ने पत्रकारहरुका लागि कोरोना भाइरस सङ्क्रमणको बढ्दो अवस्थालाई मध्यनजर गरी पेन्सलभेनिया नेपालीज् गुठी एशाेसिएसन अमेरिकाद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

बुधबार नेपाल तामाङ घेदुङ केन्द्रीय कार्यालयको सभाहलमा एक कार्यक्रमबीच सैलुङअनलाइनको संयोजनमा गुठीको सहयोगबाट उनीहरुलाई स्वास्थ्य सामग्री प्रदान गरेका हुन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिका महासचिव रमेश बिष्टले कोभिडले सबैलाई छोएको छ । यस सङ्क्रण घडीमा पत्रकार साथीहरु संयमता अपनाएर कार्य गर्न आग्रह गर्दै संचारकर्मीले खेलेको भूमिकाप्रति सरकार मौन रहेको बताए । उनले भने, ‘साना लगानीमा संचालित स्वरोजगारमुखी मिडियालाई प्रवद्र्घनमा राज्यको विभेदकारी दृष्टिकोणले असहजता ल्याएको छ ।’ गठीद्वारा प्रति संस्था ५ लिटर सेनिटाइजर, थर्मलगन, एन–९५ मास्क १० वटा, फेस शिल्ड, ग्लोब्स लगायतका स्वास्थ्य सामग्री प्रदान गरेका हुन् ।

महासंघले कोभिड-१९ लाई मध्येनजर राखी फ्रन्टलाइनमा खटिएका पत्रकार लगायत सबैलाई सहयोग गरिरहेको उल्लेख गरे । नीति निर्माणमा महासङ्घले छलफल गरेर नै अगाडि बढेको छ, उनले भने ।

आदिवासी जनजाति पत्रकार संघ (फोनिज) का अध्यक्ष एवं नागरिकखबरका संस्थापक अध्यक्ष डण्ड गुरुङले सरकारले नदेखेका थेप्चो संचारकर्मीहरुको स्वास्थ्यप्रति सचेत रहँदै सहयोग गरेकोमा गुठीलाई धन्यवाद दिए । ठूला मिडिया कम्पनीले संचारकर्मीलाई बेतलबी बनाउने, अवकाश दिने जस्ता कार्य असह्य भएको बताए । ठूला मिडियाबाट निकालिने आदिवासी पत्रकार नै अगाडि रहेको छ, उनले भने, ‘सरकारको हेर्ने आँखा पञ्चायतको भन्दा कम छैन । विभेद अझै उच्च छ ।’ राज्यले ठूलो मिडियालाई पोसेको छ । आदिवासी पत्रकारमाथी नै टार्गेट बनाएको आरोप लगाए ।

अन्तराष्ट्रिय तामाङ परिषदका बरिष्ठ उपाध्यक्ष टासी लामाले मातृभाषा शिक्षामा स्थानीय तहले प्रथामिकता दिनुपर्ने बताए । उनले पत्रकारहरुको मर्म बुझेर सहयोग गरेकोमा गुठीलाई धन्यवाद दिदै यो सरहानीय कार्य गरेको औल्याए । नेपाल तामाङ घेदुङ उपाध्यक्ष कुमारसिंह घिसिङ तामाङले पत्रकारहरुको मर्मलाई बुझेर कोरोना बीमा गर्नेदेखि फ्रन्टमा कार्यरत संचारकर्मीलाई घेदुङले सहयोग गरेको उल्लेख गरे ।

सैलुङअनलाइनसँग सहकार्य गरिएका इन्डिजिनियस टेलिभिजन, नागरिकखबर, जन्मभूमिपोष्ट, गोकर्णन्यूज, तामाङ भ्वाइस, इसरोकार, तेमालअनलाइन, साराखबर, यम्बुटाइमस्, नमोबुद्धखबर, मिरमिरे एफएम लगायत संचारकर्मीहरुलाई स्वास्थ्य सामग्री प्रदान गरेको संयोजक श्यामलाल लामाले बताए ।

कार्यक्रममा संचारकर्मीहरुको मर्मलाई बुझेर सहयोग गरेबापत गुठीलाई प्रशांस पत्र प्रदान गरेको छ ।

हस्तान्तरणमा फोनिजका सचिव एवं इन्डिजिनियस टिभीका संस्थापक जगत दोङ, कलाकार बुद्वि तामाङ, त्रिभुवन विश्वविद्यालय ललितकला क्याम्पस आर्ट डिजाइनका लेक्चरर कमल योन्जन, घेदुङका महासचिव बाबु घिसिङ, वाइबा समाजका अध्यक्ष विगेन्द्र वाइबा लगायत उपस्थित रहेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »