सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तामाङ पत्रकार संघको १९ औं स्थापना दिवसको अवसरमा www.atjnepal.org.com सार्वजनिक

काठमाडौँ । तामाङ पत्रकार संघको १९ औं स्थापना दिवसको अवसरमा आयोजित पूर्वअध्यक्षहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सस्थापक अध्यक्ष रविन्द्र तामाङको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघ ( अकोराब) को उपाध्यक्ष हो मिलन गाहा, प्रेस चौतारीको महासचिव हिरामान वाइवा, तामाङ पत्रकार संघको सल्लाहकार अमर ध्वज लामा, पूर्व अध्यक्षहरु जगतमान दोङ, दिपेन्द्र दोङ, विष्णु योञ्जन आदिले सस्थाको स्थापना काल देखि हालसम्म आइपुग्दाको अवस्थाकोबारेमा अनुभव सुनाएका थिए ।

तामाङ पत्रकार संघको स्थापना दिवसको अवसरमा सस्थाको आधिकारी वेभसाइड पनि आजै सार्वजनिक गरेको छ । अब तामाङ पत्रकार संघले गरेको विगत र वर्तमानको सम्पुर्ण विवरणहरु उल्लेखित सहितको यो अफिसियल वेभसाइड सार्वजनिक गरेको हो ।

हाल तामाङ पत्रकार संघले २२ वटा जिल्लामा शाखा विस्तार गरेको छ भने विदेशमा एउटा शाखा विस्तार गरेको छ । बाँकी जिल्ला र प्रवासमा पनि सस्थाको शाखा विस्तार गर्नेक्रममा नै छन् ।

सस्थाको सल्लाहकार अमर ध्वज लामाले अब तामाङ पत्रकारहरुको हक हितको लागि मात्रै नभएर व्यवसायिकरुपमा नै पत्रकारिताबाट टिक्न सक्ने प्राविधिक तथा सिप मुलक तालिमको पनि व्यवस्था हुनुपर्नेमा विशेष ध्यान आकार्षण गराएको थियो भने सस्थाको पूर्वअध्यक्ष जगतमान दोङले पाँच जनाबाट शुरु गरिएको तामाङ पत्रकार समुह अहिले २२ वटा जिल्लामा र एउटा शाखा विदेशमा पनि खोल्न सफल भएकोमा अत्ति नै खुशी लागेको अनुभव सुनाउनु भयो ।

कार्यक्रमको सभापति तथा सस्थाको अध्यक्ष सुभाष योञ्जनले पूर्वअध्यक्षहरुको अनुभव, सुझाव र सल्लाह अनुरुप नै सस्थालाई नेतृत्व गर्ने प्रतिवद्धता गर्नुभएको छ भने सस्थाको महासचिव तिर्थमान बलले कार्यक्रम संचालन गरेको थियो ।

  • https://atjnepal.org.np/

भर्खरै

सम्बन्धित खबर

Language »