सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तिम्रो नामको डायरी

संमरण

  जानुका धमला

                    प्रिय शिला धेरै बर्ष पछि आज मनको दराजको एक कुनामा थन्काएर राखेको खोल्न नसकेको तिम्रो नामको डायरी खोल्ने कोशिष गर्देछु । खै किन कोशिषरहेको छु तिम्रो नामको यो डायरी जहाँ तिमी सँगको सामिप्यता छैन छ त केबल तिम्रो प्यारोको मिठो सुबास सुगन्ध मात्रै । निर्जीव बस्तुले पनि कति मिठो प्यारको सुगन्ध दिन्छ है प्रियजनहरुको यादमा ? अहिलेसम्म हृदयको कुनाबाट खोल्न नसकेको डायरी आँट गर्दे छु तिम्रो यादमा खोल्न ।

२०४२ सालमा हालको नवबुद्ध नगरपालिकामा बुबा टीकाराम श्रेष्ठ आमा झनक देवी श्रेष्ठको कोखबाट पाँचौ सन्तानको रुपमा मध्यम परिवारमा जन्म  भएको थियो शिला श्रेष्ठ (क.शिला)को  । बुबा इडियन आर्मीमा फौजी जीबन सकेर पेन्सन भएर घरमा बस्नु भएको थियो । घरको अवस्था ठिक ठाकै थियो मध्यम परिवार । स्कुल जीबन देखी नै राजनैतिमा चासो राख्ने स्वभावका कारण कक्षा १० मा पढदा पढदै र दुनियाँ बदल्ने सपना बोकेर घरमा समेत थाहा नदिई महाभारतको उकालो लाग्यौ तिमी । सायद तिमीले सोचेको मुक्ति तेही भेटिन्छ भनेर ।  त्यही महाभारतको गोरेटमा भेट भएको थियो तिम्रो र मेरो । शुशिल अनुहार सबै सँग मिल्न सक्ने क्षमताको कारण पनि तिम्रो र मेरो परिचय र आत्मीयता हुनको लागि समय नै लागेन । गजबको संयोग तिमी सँग बेथान स्मृति व्रिगेडको १५ औ बटालियनको सी कम्पनीदेखी शुरु भएको हाम्रो सहयात्रा तिमीलाई छैटौ.डिभिजनाम जानको लागि अन्तिम विदाई गर्न काभ्रेको चार किल्लासम्म पनि संगै थियौ ।

सिन्धुपाल्चोक,काभ्रे,दोलखा,रामेछाप,सिन्धुली,मकवानपुर,बारा,पर्सा रौतहट जील्लाहरुमा तिमी सँग हिडेको मीठो प्यार अन्जुलीभरी छ जो म कसैलाई दिन सक्दिन तिम्रो नामको प्यार । तत्कालीन बेथान स्मृति व्रिगेडले गर्ने फौजी मोर्चाको सहयात्री तिमी । म तिम्रो नाममा यो हरफहरु लेख्दै गर्दा २०६० मंसिरमा सर्हालीको लालबन्दीमा शाही सेनाको घेरामा पर्र्दाको क्षेण बेजोडले सम्झीरहेको छु । तिमीहरु माओवादी हो भनेर सोध्दा तिमीले भनेको थियौ यति राम्रो मान्छेहरु पनि माओवादी हुन्छन हामी त कलेज पढन आएका केटीहरु हौ हाम्रो घर सिन्धुली मरिन हो । साच्चै उनीहरुले पत्याए भोलि तेती नै खेर कलेज सकेर लालबन्दी बजारमा भेटने कुरा गरेर छुनियौ हामी शाही सेना सँग । बाटोमा एक झमट बाँचेकोमा रमायौ र उनीहरुको सम्पुर्ण गतिबिधी सहित आफनो मुख्यालमा खवर पुरयौ यस्तो काम तिमीले सयौ चोटी गरेकी थियौ । तिमीलाई कसैले पनि माओवादी भनेर पत्याउदैनथ्यो । यस्तै यस्तै बहादुरीका सयौ सम्झना छन तिमीसँगको । हाम्रो विभाग फरक थियो तिमी गएको ठाँउमा मलाई  जानैैैै पर्ने म गएको ठाँउ तिमीलाई पनि जानैैपथ्यो हाम्रो जीद्दीलाई कसले रोक्ने ।

सर्बहारा वर्गको मुक्तिको खातिर हिडेको सिपाहीको झोला नै घर घर नै झोला । झोलाको घरमा कफन थियो र कात्रो पनि । सयौ साथीहरुलाई तेही कफनलाई कात्रो बनाएर अढाएको अनगिन्त सम्झनाहरु छन । तिमीलाई बेथान स्मृति व्रिगेड छोडेर सोलु सल्लेरी व्रिगेडमा जानै मन थिएन क्रान्तिको आवश्यकताले भुगोलको निधारर्ण गरेन तिमी पुर्व गयौ तेही नै अन्तिम भेट बाक्य भयो तिम्रो म सँग म केही समयको लागि मात्रै जाने हो अनि फर्किएर आउछु  तिमी त आइनौ प्रिय शिला तिम्रो सहादतको पो खवर आयौ । वेथान स्मृति विग्रेडले झुरझुरे मोर्चामा निकै ठुलो क्षति ब्यहोरेको थियो त्यो आलो घाँउमा मलम पटी लगाउन नपाउदै । कमाण्डर पावेल भन्दै थिए तिमी हेलिकप्टरबाट हानेको ८१को सेल लागे पछि खुब चिच्यौ रे मलाई बचाउनु भनेर तर कसैले सुनेन तिम्रो पिडा असैय पिडा  एउटा भिटामीन के को इन्जेसन नपाएर तिम्रो शरिरबाट तिव्र रुपम बगेको रक्तश्रापको कारण शहिद भयौ । आमा बाबाको काख रितियो दिदि बहिनी दाजु भाई आफुलाई टुहुरा महसुष गरे तिम्रो भौतिक शरिरको अनुपस्थितिमा । बुबा आमाले छोरी गुमाउनु भयो दिदि बैनी दाजु भाईले एक चेली र मैले जीबनको सबै भन्दा प्यारो असल साथी वगिर्य बैनी गुमाए ।

तिमीले मायाले दिएको चौवन्दी चोली र लुंगी अझै पनि छ अनि तिमी सान्दानेको भिडन्त पछि विरामी भएर हिडन नसक्दा कमाण्डर उतमले तिमीलाई बोक्न दिएको पछौरी । तिम्रो सम्झनामा सबै कुरा सुरक्षीत छन छैनन त केवल तिम्रो सामीप्यता र स्पर्श मात्रै । युद्ध मोर्चामा होमिएको एक सिपाहीको नाताले पनि आजकाल झन प्यारा लाग्छ त्यो बेलामा यादहरु । के सोचेको थियो के भयो जे सोचेको थियो त्यो भएन । जुन वर्गको मुक्ति हुन्छ भनेर जनयुद्धको शुरुवात गरियो अहिलेको राजनितिक परिवेशले त्यो वर्गको जनजीबनलाई छुनै सकेन सक्यो त केबल औलामा गनिने बर्षहरुमा सामन्त भएकाहरुको जीबनलाई वर्ग फेरेकाहरुलाई

 कति अजिबका यादहरु छन तिमी संगको यादहरु बेथान स्मुति व्रिगेडले गर्ने हरेक फौजी कारवाहीको रेकी गर्ने काम तिम्रो थियो । युद्धमा सबै भन्दा महत्वपुर्ण काम भनेको दुश्मनको पोष्टलार्ई जस्ताको तेस्तै प्राकृतिक नक्सामा उतारेर सम्पुर्ण टीमको जिम्म लिने हुन्छ त्यो काममा दख्खल थियो तिम्रो । दोलखको चरीकोटमा रहेको जेल कब्जा गर्ने बेलामा तिम्रो बहादुरीता र चलाखी नभएको भए सम्पुर्ण टिम नै ध्वस्त हुन्थ्यो । त्यो विषम परिस्थितिमा पनि तिम्रो चलाखीले व्रिगेड कमण्डर कमिसार लगायत सम्पुर्ण टिमलाई बचाउन सफल भयौ ।

१५ बर्ष भए छ तिमी सँग बिछोडिएको । जीबनको सयौ उकाली ओरालीहरुमा सयौ खुशीहरु फाटे र हजारौ चाहानाहरु । फाटिएको हजारौ दुखको विचमा पनि पटक्कै फाटन नजानेको तिम्रो याद अझै सकम्बरी फुल जस्तै गरी फुलेर बसेको मेरो पक्षस्थलमा । वगिर्य मुक्तिको सपना थिएन भने तिमी काभ्रेमा जन्मिएको मान्छे म नुवाकोटमा कसरी भेट हुन्थ्यो होला तिम्रो र मेरो भौतिक भेटलाई जोडाई दिन वगिर्य आन्दोलनलाई पनि स्यालुट छ ।

जब अनायासै तिमी सँगको विगतका यादहरु सल्बलाउन थाल्छन तब मेरो मनलाई  साफा गर्छु आफुलाई पखालिएको महशुष गर्छु मन धुने पानी चाँही आँशु हुन्छ प्रिय सबै भन्दा सुन्दर सम्बन्ध भएको साथी थियौं तिमी मेरो तेही भएर त बारबार सपनाहरु उदायौ कयौ अप्ठेरोहरुमा उदायौ । यदि तिमी जस्तै हजारौ सहयोद्धाहरुको बलिदान नहुँदो हो त म पनि त्यो कठिन जीबनको यात्रामा यात्रालाई बिचैमा रोकेर किनारा लाग्ने थिए । तिमीहरुको बलिदानले सिकाएको तितो यर्थातले पनि हरेक पटक सजक गराउछ मेरो जीबनयात्रालाई ।

जनयुद्धमा तिम्रो बहादुरीको गाथालाई यो अंकमा मात्रै लेखेर साध्य छैन । तिमी सँग विताएको ४ बर्षको प्रेम आत्मीयता वर्गियताका कुरा यो सानो आलेखमा के नै सम्भव हुन्छ र

मित्रता शुद्ध प्रेम हो । यो प्रेमको सर्बोच्च रुप हो । जहाँ केही अपेक्षा हुदैन र कुनै सर्त पनि । जहाँ हुन्छ त केबल आनन्द र सन्तुष्टि तिम्रो यादमा म यही आभाष गर्छु । मेरो जीबनको अन्तिम अवस्थासम्म पनि तिम्रो नाम मेरो लागि मार्ग निर्देशक गुरु बनेर बसिरहने छ तिमी प्रति

                  लाखौ श्रद्धासुमन लाखौ श्रद्धान्जली ।

भर्खरै

सम्बन्धित खबर

Language »