सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तिलक बस्नेतको दशैं गीत “ए आमा हो”सार्वजानिक (भिडियो सहित)

काठमाडौं । नेपालीहरुको महानचाडको रुपमा परिचय बनाएको दशैं नजिकिदैं गर्दा बजारमा दशैं सम्बन्धि बिभिन्न लय र शब्दका गीतहरु आउन थालेका छन् ।
यसै बिच परदेशमा रहेको छोराले घरको आमालाई सम्झदै गाएको फरक शैलिको गित लिएर गायक तिलक बस्नेत बजारमा आएका छन् ।
माया पिरतिमा बैना मार्दिउँला बाट निकै चर्चा कमाएका तिलक बस्नेतका गीतहरु पछिल्लो समय सबैजसो हिट हुँदै गईरहेका छन् ।
सुमी राई लिम्बुको शब्द , तिलक बस्नेतको स्वर र संगीत रहेको यो गितको एरेन्ज सुदिप सागर तथा मास्टरिङ नरेन्द्र बियोगी को रहेको छ ।
बेभ स्टुडीयो मा रेकर्डिङ गरिएको यो गीतमा निर्देशन तिलक बस्नेत आफैंले गरेका छन् ।
यो गीतको भिडियोमा तिलक बस्नेत, बिराज बास्कोटा, दिभ्या कार्की, केशव पौडेल, सुन्दर खनाल, आर्यन खाती, सपना क्षेत्री, नितेश पौडेल, आशिका बस्नेत लगायतले अभिनय गरेका छन् ।
भिडियोमा सामाजिक अभियन्ता लोक बहादुर टण्डन , भुपाल आचार्य ,डि.बि.पराजुली, एकराज सुबेदी ,शान्त शर्मा, शैलेस बस्नेत, लिला खनाल, आर .बि. ठकुरी लगायतले अतिथि कलाकारको रुपमा भुमिका निर्बाह गरेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »