सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तिलक बस्नेत को “काला कोटैले” बोलको गीत सार्वजानिक

काठमाण्डौ । दर्शक श्रोता द्वारा सर्वाधिक रुचाईएका मायाँ पिरती ,रनभुल  ,ब्रेक फेल ,वरको  छायाँले जस्ता गीत बाट नेपाली संगीत बजारमा आफ्नो पकड जमाउन सफल उदयीमान  गायक तिलक बस्नेत र नव गायीका सबिना योङहाङ लिम्बु को  स्वर  मा रहेको  काला कोटैले बोल  को गीत आज सार्वजानिक  गरीएको  छ  ।

गत माघे संक्रान्ती  को अवसर पारेर सामाखुसि स्थित लड प्यालेस मा सुटिङ गरीएको सो गीत आज ईनाक्षी ईन्टरट्रीटमेन्ट को आधिकारीक युट्युब च्यानल बाट सर्वजानिक गरीएको  हो  ।

ईनाक्षी ईन्टरट्रीटमेन्ट अष्ट्रेलिया  को प्रस्तुतीको रुपमा  आएको यस गीतमा शब्द संगीत तिलक बस्नेत,म्युजिक प्रोस्ड्युसर सुदीप सागर ,रेकर्डीस्ट बिमल छिमाल,मिक्सिङ्ग H.B.N.किस्मत ,निर्देशक तथा  कोरीयोग्राफर  शिब बि.क.  ,सहायक निर्देशक  माधव श्रेष्ठ र  राजाराम सिंखडा,फोटोग्राफि रक कौशल  ,सिनेमाटोग्राफर मा  अर्जुन तीवारी र साथिहरु रहेका छन् ।

यस गीत मा संपादन  र कलर  को कार्य  मिलन बिस्वकर्मा  ,डीजाईन  पदम सुबेदी र  शन्तोष सुनार  ,मेक अप बिमला तामाङ्ग गरेका छन् भने  पोस्ट प्रोडक्सन  ड्राईगन पिक्चर्स र  ड्रेस ओ म शान्ती शुट हाउस  सामाखुसि रोड ले गरेको  थियो  ।

पछिल्लो समय  चर्चा मा आउदै गरेका   बिनोद बस्नेत ,गरीमा शर्मा  ,श्रेया सिटौला  ,ले यस गीतको म्युजिक  भिडीयो मा  मुख्य  भुमिका  मा देखिएका छन् । रमेश जंग कुँवर  र  लिशा बिलाश को  पनि  यो गीत मा  अभिनय  रहेको छ  ।

यो गीत को  सुटीङ  मा चक्रपथ  सरसफाई महाअभियान  को  पनि  सकृय सहभागीता रहेको  ले सहयोग  गर्नु  हुने सबैलाई  गायक  तिलक  बस्नेत ले हार्दिक  आभार ब्यक्त  गर्दै  सबैले यो गीत  लाइ मनपराउनु  हुनेमा  बिस्वास लिएको  बताएका  छन्  ।

भर्खरै

सम्बन्धित खबर

Language »