सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तिहारमा पनि उम्मेदवारलाई घरदैलोकै चटारो


नेपालगन्ज, बाँके क्षेत्र नं ३ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका किस्मतकुमार कक्षपति, प्रदेश (क) का उम्मेदवार रत्न खत्री र प्रदेश ख का उम्मेदवार भीम ओली तिहारको वीच पनि घरदैलो अभियान र जनता भेटघाटमै व्यस्त रहे ।

क्षेत्र नं ३ अन्तरगत खजुरा गाउँपालिका वडा नं ६ र ७ का विभिन्न बस्तीहरुमा प्रतिनिधिसभा उम्मेदवार कक्षपति र प्रदेश (क) का उम्मेदवार खत्रीले संयुक्त घरदैलो अभियान संचालन गरेका छन् ।

जनतासंग भोट माग्न पुगेका दुबै उम्मेदवारलाई जनताले उत्साहजनक ढंगले स्वागत गर्दै आफ्नै ठाउँका र केही गर्न सक्ने सम्भावना बोकेका उम्मेदवार भन्दै हौसला प्रदान गरेका छन् । निरन्तर घरदैलो र जभेटघाटमा रहेका उम्मेदवारद्वयले आफुहरु जनताको साथबाट उत्साहित भएको बताए ।

स्थानीयका माग र गुनासोलाई सुन्दै जनतासंग भेटघाट गर्दै जाँदा थप उर्जा प्रदान भएको उनीहरुले प्रतिक्रिया दिएका छन् । उता क्षेत्र नं। ३ प्रदेश( ख )का उम्मेदवार भीम ओली तिहारमा कला संस्कृतिको जर्गोना गर्दै खेलिने द्येउसी भैलो र स्थानीय स्तरमा तिहारका अवसरमा संचालित फुटवल लगायत खेलकुदका कार्यक्रममा सहभागिता जनाउँदै उनीहरुलाई हौसला प्रदान गर्ने र आपसी सम्बन्धलाई मजबुद पारिरहेका छन् ।

खजुरा ६ र ७ का विभिन्न टोलबस्तीमा रहेका संघका उम्मेदवार कक्षपति र प्रदेश ख का उम्मेदवार खत्रीलाई निवर्तमान वडाध्यक्ष अतिउल्लाह खाँ र साविर अलि वेहना, एमालेका लुम्बिनी प्रदेश कमिटीका सदस्य नन्द विश्वकर्मा, घननाथ खनाल, बैजनाथ गाउँपालिका कमिटी सचिव प्रेम सुवेदी, युवा नेता सुनिल रसाइलीलगायत घरदैलोमा सहभागी रहेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »