सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तीज गीत गाउन नेपाली कलाकार टाेली दुबईमा

काठमाडौं । नेपाल जनप्रगतिशिल मञ्च युएईको आयोजनामा दुबईमा हुने तीज विशेष सांस्कृतिक कार्यक्रमको लागि जनबादी गायक जीवन शर्मा लगायत कलाकारहरु दुबईमा पुगेका छन् ।

आफ्नो कला संस्कृति र परम्पराको संरक्षण गर्ने उदेश्यले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा शर्मासंगै बरिस्ठ सेलो गायक एवम् संगीतकार विश्व दोङ, कला लम्साल, शोभा त्रिपाठी, एलिना मगर, जेनिस उप्रेती लगायत कलाकारहरु दुबई पुगिसकेका छन् ।

विशेषगरी हिन्दु नारीहरु लगायत तीज मान्ने महिलाहरुका लागि प्रवासमा पनि नेपाली संस्कृतिको झल्को दिने उदेश्यले भोली सेप्टेम्बर ४ तारिखका दिन दिउँसो ठिक १ बजे बरदुबइ स्थिति अष्ट्रोरिया होटलमा सुरु हुनेछ ।

राष्ट्रिय कलाकारहरुको साथमा प्रवासमा रहेका नेपाली कलाकारहरुको विशेष प्रस्तुतिका साथ गर्न लागेको ‘तीज विशेष सांस्कृतिक धमाका(२०२२’ को सम्पूर्ण तयारी पूरा भएको कार्यक्रम संयोजक नवीन दोङ तामाङले जानकारी गराएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »