सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तीन दिन ठूलाे वर्षामा कमी, काठमाडौँमा यो वर्षकै उच्च गर्मी

काठमाडौं। आगामी तीनसम्म देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

तीन दिनसम्म प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

मौसमविद् मनसुनी न्यून चापीय रेखा हाल नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको अबको तीन दिनसम्म मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

वर्षामा कमी आएसँगै देशभर गर्मी बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँमा यो वर्षकै सबैभन्दा बढी ३३ दशमलव ४ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको छ ।

त्यसैगरी सबैभन्दा बढी विराटगरको तापक्रम ३८ दशमलव ५ डिग्री सेल्सियस रेकर्ड भएको छ भने जनकपुर, सिमरा र दिपायलमा ३७ डिग्रीमाथि तापक्रम पुगेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »