सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तीन बर्षिय समिक्षा

नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं.२ ले तीन आर्थिक बर्षमा वडा कार्यालयबाट भए गरेका कामहरुको बारेमा शुक्रबार जानकारी गराएको छ । कार्यालयले समिक्षात्मक पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक बर्ष २०७४÷७५, २०७५÷७६ र २०७६÷७७ मा भएका कामहरुको बारेमा जानकारी गराएको हो । वडाअध्यक्ष सुनिलसिंह हमालका अनुसार, सडक निर्माण, तालतलैयाको व्यवस्थापन, वडालाई सौन्दर्यकरण गर्ने सवालमा प्रभावकारी काम भएको उहाँको भनाइ छ । राजश्वका दरभन्दा दायरालाई बढोत्तरी गर्ने वडाको नीतिअनुसार, वडाको राजश्य संकलनको हिसावले अन्य वडा भन्दा अग्रस्थानमा रहेको पनि उहाँले बताउनुभयो । वडा कार्यालयले विभिन्न ठाउँमा खानेपानी समस्या भएका व्यक्तिहरुलाई धारा, ह्याण्डपम्प जडान गर्ने काम भएको बताउनुभयो । वडामा काम गर्न सहज होस् भन्ने उद्देश्यले वडाभित्र आमा समूह, बालक्लव, युवा क्लव, ज्येष्ठ नागरिक क्लवजस्ता समूह गठन गरी सोही अनुसार काम अगाढी बढाइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । सोही अवसरमा वडा कार्यालयले रक्तदान समेत आयोजना गरेको थियो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखासँग समन्वय गरेर रक्त सन्चार केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »