सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तीन वर्षपछि मज्जाले जय नेपाल भन्न पायाेः अध्यक्ष सलाम सिं तामाङ

काठमाडौँ । नेपाली कांग्रेसलाई महाधिवेशनको चट्टारो त छदै छ तर यत्तिबेला गाउँ अधिवेशनको कुनै तयारी पुरा भएको देखिदैन ।

काभ्रेको तेमाल गाउँपालिका वडा नं. ६ ठुलो पर्सेलमा पुस १ गते नेपाली कांग्रेसको महासमिति सदस्य तथा तेमाल गाउँपालिकाको अध्यक्ष सलाम सिं तामाङको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको क्रियाशील सदस्य वितरण तथा अन्तरक्रिया कार्यक्रमले पनि त्यही देखाएको छ ।

अन्तरक्रिया कार्यक्रममा केही गुनासो अनि सदस्यताको महत्वको बारेमा छलफल भएको थियो ।

युवा नेता तथा नेपाली कांग्रसको भातृ संगठन नेपाल विद्यार्थी संघ तेमाल ठुलो पर्सेलको इकाई कमिटिको अध्यक्ष कविन्द्र मोक्तानले महाधिवेशन र चुनावाको समयमा मात्र क्रियाशील सदस्यता वितरण गर्ने परम्परालाई तोड्नु पर्ने धाराण राखेका थिए भने नेपाली कांग्रेस भनेको नेकपाको सत्तालाई ढाल्न सक्ने बाघ भएको दाबी गरेका छन् ।

नेपाली कांग्रेसको जिल्ला कमिटी सदस्य सुनिल लामाले कोभिड १९ को नाममा नेकपा सरकारले भ्रष्टाचार मात्र गरेको आरोप लगाए। उहाँले नेकपा सरकारले गरेको गल्तीकोबारेमा बुदा बुदामा जनतालाई बुझाउनु पर्ने समय आएको बताए ।


कार्यक्रमको प्रमुख अतिथि सलाम सिं तामाङले तीन वर्ष पछि बल्ल खुलेर जय नेपाल भन्न पाएको भन्दै हसाएको थियो । उहाँले आफ्नै पार्टीका केही नेता कार्यकर्ताहरुले भ्रष्ट्राचारको आरोप लगाएको प्रति गुनासो गरेको छ । प्रमुख अतिथि सलाम सिं तामाङ भन्नु हुन्छ । “मलाई दुई ठाउँको ४० लाखको बजेटमा ५ लाख खायो भनेर बजारमा गीत गाइरहनु भएको छ । यदि सक्नु हुन्छ भने मलाई प्रमाणि गरिदिनुस् । होइन भने निराधार आरोप र हल्लाको पछि नलाग्न मेरो बिशेष अनुरोध छ । म मेरो घरबार बेच्न तयार छु तर म भ्रष्ट्राचार गर्दिन । यो मेरो प्रतिबद्धता हो ।”

तेमाल गाउँपालिका वडा नं. ६ ठुलो पर्सेलको सभापति तथा वडाध्यक्ष विकु लाल तामाङ मोक्तानले जनताको सेवामा निरन्तर लागि रहदा पार्टीको बैठक र क्रियाशील सदस्यहरुसँग छलफल र सल्लाह गर्ने समय थोरै भएको हुनाले पार्टीको गतिविधि नभएको हो कि भन्ने देखिनु स्वभाविक भएको बताउनु भयो । उहाँले अब आउँदो दिनमा निरन्तर रुपमा पार्टीका साथीहरुसँग छलफल र सल्लाह गरेर अगाडी बढ्ने मनतव्यको क्रममा बताएको छ ।

यसरी ठुलो पर्सेलमा नेपाली कांग्रेसको गतिविधिहरु खुल्लरुपमा भैइरहदा नेकपा पार्टी भने कता छन् भनेर जनताले खोज्नु पर्ने अवस्था आएको नेकपाकै केही नेता तथा कार्यकर्ताहरुले गुनासो गरेका छन् ।

नेपाली काग्रेस ठुलो पर्सेलको केही सदस्यहरुले भने सो भेला प्रति नकरात्मक टिप्पणी गरेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »