सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तुलसीपुरका कोरोना संक्रमित टिचिङ अस्पतालका कर्मचारी भएको खुलासा

बुटवल। दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ खर्चवा गाउँका ३४ वर्षीय कोरोना संक्रमित व्यक्ति काठमाडौंस्थित टिचिङ अस्पतालका कर्मचारी भएको खुलेको छ। तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले तुलसीपुर उपमहानगरपालिका–७ घर भएका ३४ वर्षीय संक्रमित पुरुष काठमाडौंमै रहेको जानकारी दिए ।

उनलाई बिरामीको उपचार गर्ने क्रममा संक्रमण भएको अनुमान छ । यसअघि टिचिङ अस्पतालमा उपचाररत कपिलवस्तुकी एक ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो । ती बालिकाको सम्पर्कमा रहेका डाक्टरसहित ३८ जना क्वारेन्टाइनमा राखिएको छ ।

लामो समयदेखि काठमाडौं बस्दै आएका उनले परीक्षण गराउँदा आफ्नो ठेगाना दाङ तुलसीपुर राखेको अधिकारीहरुले बताएका छन् । तुलसीपुरका कोरोना सम्पर्क व्यक्ति विमल केसीले ती व्यक्ति टिचिङ अस्पतालमा कार्यरत रहेको भन्ने खुल्न आएको भएपनि स्वास्थ्यकर्मी हुन कि कर्मचारी ? भन्ने अझैं एकिन भइ नसकेको जानकारी दिए।

हिजो दाङका अन्य दुई युवामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरू जिल्लाकै पहिलो संक्रमित हुन्। संक्रमण पुष्टि भएका गढवाका दुई युवा पाँच दिनअघि भारतबाट आएका थिए। उनीहरू गोरखपुर र मुम्बईबाट कपिलवस्तुको कृष्णनगर नाका हुँदै दाङ आएका थिए।

भर्खरै

सम्बन्धित खबर

Language »