सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमालकाे गुप्तेश्वर मन्दिरकाे प्रवर्द्धनमा सेनाद्वारा बाटाे निर्माण

काठमाडाैँ । तेमाल गाउँपालिका वडा नं. ७ काल्धारमा रहेकाे गुप्तेश्वरी महादेव मन्दिरसम्म पुग्ने सडक मार्ग नेपाली सेनाकाे विष्णुदल गणले बिहिबारबाट निर्माण कार्य शुरू गरेकाे छ ।

ऐतिहासिक धार्मिक महत्व बोकेको गुप्तेश्वरी महादेव मन्दिर जाने बाटो नभएर श्रद्धालु भक्तजनहरुले असहजता व्यहोरीरहेको थियाे ।

बाटो शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका विष्णु दलका प्रमुख सेनानी सुभाष खड्काले धुलिखेलपछि आफ्नो परिचय भएको ठाउँ तेमाल भएको र सहयोग गर्न पाउँदा खुसी लागेको बताए । गुप्तेश्वरी महादेवको महिमा सुनेर आफुलाई खुसी लागेको र गुप्तेश्वरीलाई धुलिखेलसम्म जोड्न पाएको गौरब लागेको बताए ।

१८०३ मा बलभद्र कुँवर, रामकृष्ण कुँवरको टोली तेमाललाई लिएको इतिहास स्मरण खड्काले गरे ।

कार्यक्रममा वडा नं। ७ का वडा अध्यक्ष तथा तेमाल गाउँपालिका प्रवक्ता ज्ञानबहादुर तामाङले मन्दिरसम्म जाने बाटो विशुद्ध नेपाली सेनाको सेना कल्याण कोषले निर्माण गर्न लागेकोमा खुसी व्यक्त गरे । महादेवको मन्दिर मात्रै नभएर यहाँ मनै लोव्याउने खालको झरना समेत रहेको बताउदै प्रचारप्रसारको कमीले राम्रो हुन नसकेको प्रवक्ता तामाङले दुखेसो पोखे ।

आफूलाई जनताले चुनेर पठाएकोले जनताले दिएको सुझाव अनुसार नै आफु अगाडि बढ्ने बताउदै गाउँमा गुम्बा र गुरु रेम्पोर्छेकोको प्रतिमा बनाउने योजना समेत रहेको उनले बताए ।

करिब डेढ महिनामा सकिने लक्ष्य लिएको बाटो निर्माणको लागि श्रमदान बाहेक २५ लाख लाग्ने र उक्त निर्माण सम्पन्न भएपछि नेपाल पर्यटन बर्ष २०२० लाई समेत टेवा पुगी आर्थिक समृद्धि समेत हुने विस्वास वडा अध्यक्ष तामाङको रहेको छ ।

खड्केश्वारी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पंचमान लामाले तामाङ नै तामाङ भएको बस्तीमा हिन्दु र बुद्ध एउटै शरिरको दुई आँख भएकोले सबैलाई गुप्तेश्वरीले रक्षा गर्ने विश्वास व्यक्त गरे ।

पुर्व प्रधानपञ्च केशव तामाङले गुप्तेश्वारी पुग्न धेरै असहज भएको र अब त्यो समस्या समाधान भएर भक्तजनले सजिलोसँग दर्शन गर्न सकिने भएकोले आफु खुसी भएको बताए ।

साविक चापाखोरी गा।वि।स।का अध्यक्ष अक्कल बहादुर लामाले स्थानीयले गर्नुपर्ने काम स्थानीयले गर्न नसकेपछि स्वायं महादेवले नै विष्णुदल गणलाई बाटो बनाउन जुर्याएको बताउँदै आवस्यक सहयोग स्थानीयले पनि गर्ने वचन दिए ।

भर्खरै

सम्बन्धित खबर

Language »