सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमालकाे ठुलाे पर्सेलमा सुविधा सम्पन्न हस्पिटल निमार्ण कार्य पुरा हुँदै

काठमाडौँ । काभ्रेको तेमाल गाउँपालिका वडा नं. ६ ठुलो पर्सेलमा सुविधा सम्पन्न १३ शैय्याकाे हस्पिटल निर्माण कार्य सम्पन्न हुँदैछ ।

जिल्ला आयोजना कार्यन्वयन इकाइ (डि यल पि यू) काभ्रेको दुई करोड लागतमा यो हस्पिटल निर्माण कार्य शुरु भएको वडाध्यक्ष विकुलाल तामाङ मोक्तानले बताउनु भएको छ ।

वडाध्यक्ष तामाङका अनुसार यो हस्पिटलमा ४ वटा कोठा अपाङ्ग मैत्री हुने बताएका छन् । हाल यो स्थानमा ठुलो पर्सेल स्वास्थ्य चौकी रहेको छ ।

वडाध्यक्ष विकुलाल तामाङ मोक्तानले जानकारी दिए अनुसार यही २०७८ भाद्र मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्नका लागि लकडाउनको समयमा पनि नियमित रुपमा १५ जना कामदारहरु कार्यरत रहेको सारा खबरलाई जानकारी दिनु भएको छ ।

यो हस्पिटल निर्माणका लागि कामाखे कन्स्ट्रक्सन प्रा. लि. काठमाडौले एक करोड पच्पन्न लाखमा टेन्डर पाएको थियो । यो हस्पिटल निर्माण भइसकेपछि ठुलो पर्सेलका जनता उपचारका लागि धुलिखेल वा काठमाडौँ धाई रहनु नपर्ने वडाध्यक्ष तामाङले दाबी गर्नु भएको छ ।

तेमाल गाउँपालिकामा ठुलो पर्सेल विकास निर्माण कार्यमा पहिला देखि नै अगाडी रहेको थियो । २०१४ सालमा नै शिक्षाको दियो बाल्न सफल ठुलो पर्सेल यत्ति बेला विकास निर्माणको कार्यमा अगाडी नै छन् ।

कोरोनाको विपत समयमा पनि जनताको हितका लागि निरन्तर लागि रहने वडाध्यक्ष तामाङ विकास प्रेमीका रुपमा पहिचान कमाउन सफल भएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »