सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमालबाट टोक बहादुर मात्र होइन, लालध्वज, बामध्वज र सूर्य उदाएकाे छः प्रदिप कुमार दाेङ

काठमाडौँ । काभ्रेको तेमाल गाउँपालिकामा (माधव–प्रचण्ड) समुहको पालिका स्तरको नेता तथा कार्यकर्ता भेला भक्तपुरको शुभकामना पार्टी प्यालेसमा प्रदिप कुमार तामाङको सभापतित्वमा यही पौष २५ गते शनिवार सम्पन्न भएको छ ।

कार्यक्रममा नेकपाको स्थायी समितिका सदस्य डा. बेदुराम भुषालको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा नेकपा काभ्रेको सचिव तथा मण्डनदेउपुर नगरपालिकाको मेयर टोक बहादुर वाइवा, संघीय संसद गंगा बहादुर दोङ, पूर्व राज्यमन्त्री सूर्यमान दोङ, नेकपाका नेता इन्द्र बहादुर तामाङ(छिन्ताङ) नेकपा काभ्रेको अध्यक्ष रुकु चौंलागाईं, लगाएतका नेताहरु विशेष अतिथि र अतिथिका रुपमा उपस्थित रहेका थिए ।

काभ्रेको तेमालको नेता तथा कार्यकर्ता भेलामा को–को उपस्थित छन् भन्ने कुरामा सबैको चासो रहेका थिए किनकी अहिलेको गुटबन्दीको राजनीतिमा प्रदिप कुमार तामाङले कुन पक्षको साथ लिएर राजनीति गर्ला भन्ने काभ्रेली नेताहरुमा प्रमुख चासो र चिन्ताको विषय थियो । पुर्णरुपमा खुलेर प्रदिप कुमार तामाङ काभ्रेको सवालमा टोक बहादुर वाइवाको प्यानलमा अर्थात (माधव–प्रचण्ड) समुहमा खुलेर लागेपछि तेमालको राजनीति कता ? भन्ने चासोको विषय बनेको छ । यसले पनि त्यस कार्यक्रममा को- को उपस्थिति रहन्छन् भन्ने ठुलो महत्वकाे विषय रहेका थिए । सोही दिन काभ्रेमा ओली पक्षको जिल्ला स्तरीय भेला पनि भएको थियो । त्यसमा तेमालको को-को नेता तथा कार्यकर्ता उपस्थिति छन् भनेर दुरविन लागएर हेर्नेको पनि कमि थिएन ।

हुन त ओली समुह र माधव–प्रचण्ड समुह भनेर देशव्यापीरुपमा गुटबन्धीको समिकरण भैइरहँदा काभ्रेमा भने गोकुल बास्कोटा र टोक बहादुर वाइवा बीच कस्ले राम्रा र धेरै नेता तथा कार्यकर्ता आफ्नो प्यानलमा सामेल गर्न सकिन्छ भन्ने जुहारी चलिरहेको छ । यसै सन्दर्भमा हेर्ने हो भने ओली पक्षबाट कन्द्रीय समितिमा मनोनित नारायण पाण्डेको गृह क्षेत्र तेमालबाट ओली समुहमा काे-काे रहने छन् भन्ने साेधखाेज त हुन्छन् नै तर नारायण पाण्डेको वडाबाट नै प्रदिप कुमार तामाङ (माधव–प्रचण्ड) समुहमा खुलेपछि नारायण पाण्डेको राजनीतिक यात्रामा नै चुनौति थपिदिएको छ ।


के टोक बहादुर वाइवा तेमालबाट उदाउन शुरु गरेको नै हो त ?

पूर्व सञ्चारमन्त्री तथा संघीय सांसद गोकुल बाँस्कोटा र जिल्ला सचिव टोक बहादुर वाइवाको जुहारी तेमालबाट नै शुरु भएको छ । गुटबन्दीको समिकरण पछि पहिलो पटक पालिकास्तरको भेला तेमाल गाउँपालिकाबाट शुरु भएको छ । यसमा तोक बहादुर वाइवाको गुटले शुरु गरेको हाे ।


तेमालमा टोक बहादुर वाइवा उदाएको नै हो त ? भन्ने प्रश्नमा युवा नेता प्रदिप कुमार तामाङ यसो भन्नु हुन्छ । “तेमालमा माधव–प्रचण्ड समुहमा प्रभावशाली नेताहरु छन् । जस्तै पूर्वराज्यमन्त्री सूर्यमान दोङ,संघीय सांसद गंगबहादुर दोङ, सार्कीमान तामाङ, सूर्य बहादुर तामाङ, सिजन लामा, कल्पना लामा, उषा घिसिङ, प्रभात लामा, लक्ष्मी बहादुर घिसिङ,डियम लामा, शंकर त्रिपाट्ठी, समिप त्रिपाट्ठी, लगाएतका नेता तथा कार्यकर्ताहरु छन् । मैले यत्तिबेला तेमालमा को उदायो भन्ने भन्दा पनि नैतिकताको राजनीति र मार्क्सवादको सिद्धान्तलाई कस्ले नेतृत्व गरीरहेको छ भन्ने मुलभुत प्रश्न हो । यसकारणले तेमालको नेता तथा कार्यकर्ताहरुले माक्सवादी सिद्धान्तलाई बिर्सेको छैन भन्ने याे ठाडाे प्रहार हाे । तेमालबाट टोक बहादुर मात्र होइन, लालध्वज, बामध्वज र सूर्य उदाएको नै हो ।”

भक्तपुरको शुभकामना पार्टी प्यालेसमा भएको नेता कार्यकर्ता भेलालाई हेर्ने हो भने काभ्रेको तेमालमा गोकुल बाँस्कोटालाई ठुलै धक्का परेको छ । नारायण पण्डेलाई केन्द्रीय समितिमा रहनुको औचित्यबारेमा नै प्रश्न उठ्ने देखिन्छ । नारायणस्थानबाट कामि सिं तामाङ, चापाखोरीबाट पाल्तेन वाङच्यु लामा, कुवाङच्यु लामा, बोल्देफेदिचेबाट दमाईं सिं लामा, इन्द्र लामा, सरमथलीबाट अर्जुन लामा, मेच्छेपौवाबाट जैमान तामाङ लगाएतका पूर्व एमालेको प्रभावशाली नेता तथा कार्यकर्ताहरु (माधव–प्रचण्ड) समुहमा खुलेर नै लागेका छन् ।

पूर्व माओवादीको तेमालबाट ओली समुहमा कोही खुलेर लागेको छैन यसले पनि तेमालमा माधव–प्रचण्ड समुह बलियो छ भन्ने प्रमाणित हुन्छ र पूर्व एमालेमा रहेका नेता तथा कार्यकर्ताहरु मात्र विभाजित भएकाे स्पष्ट देखिन्छ ।

अब के साँच्चिकै तेमालबाट युवा नेता प्रदिप कुमार तामाङले भने जस्तै सूर्य उदाएको नै हो त ?

यसरी गुटबन्दी राजनीतिको बिष्लेश्न गरीरहदा ओलि समुहलाई पनि कम आक्न नमिल्ने राजनीतिक जानकारहरु बताउछन् । इन्द्र लामा, जेनिश लामा, इन्द्रमान लामा ओलि समुहमा खुलेर तेमालमा संगठन विस्तार गर्नका लागि लागिरहेका छन् । हुन त अहिलेको राजनीतिक दृश्यलाई मात्र मुल्याङ्कन गरेर यही हुन्छ भन्न नमिल्ने बताएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »