सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमालमा औतारी लामाबाट गुरु ह्रेम्पोचेको मुर्ति अनावरण

काठमाडौं । काभ्रेको तेमाल गाउँपालिका वडा नं. ३ मा औतारी लामा लोसाल नाम्गेलबाट गुरु ह्रेम्पोचेको मुर्ति अनावरण गरेको छ ।

आर्थिक वर्ष २०७८र ०७९ को तेमाल गाउँपालिकाबाट विनियोजन गरेको पाँच लाख बजेट र वडा अध्यक्ष विष्णु बहादुर तामाङको पहलमा पर्यटन मन्त्रालयबाट प्राप्त आठ लाखबाट निर्मित सम्पन्न गुरु ह्रेम्पोचेको मुर्ति र तेमाल गाउँपालिकाको आर्थिक वर्ष २०७९ र ०८० को बजेटबाट विनियोजित १० लाख रकमबाट थर्पे लिङ गुम्बाको सलाङ कार्यक्रम सम्पन्न भएको छ ।

नाम्गेल थर्पे म्हाने छोक्पा र वडा नं. ३ को सहकार्यमा भदौ २० गते शनिवार सम्पन्न कार्यक्रममा औतारी लामा लोसाल नाम्गेल प्रमुख अतिथिकोरुपमा उपस्थिति भएको थियोे भने विशेष अतिथिमा तेमाल गाउँपालिकाको अध्यक्ष चन्द्र बहादुर तामाङ, अतिथिमा इन्जिनियर राम प्रसाद पौडेल, शिक्षा साहायक भिमलाल तामाङ, समाजसेवी कामी सिं तामाङ लगाएका व्यक्तिहरुको उपस्थिति रहेका थिए । विभिन्न आमा समुहले म्हाने मोलम बाचन गरेको थियोे ।


कार्यक्रममा विशिष्ट अतिथि चन्द्र बहादुर लामाले चुनावी अभियानमा जनतालाई दिएको प्रतिबद्धता कहिले नभुल्ने बताउनुभयो । उहाँले तेमाल गाउँ पालिकालाई पर्यटकीय क्षेत्रको रुपमा चिनाउनका लागि सडक महत्त्वपूर्ण रहेकोले प्रत्येक वडा कार्यलय जोडिएको मुख्य सडक पाँच वर्ष भित्रमा कालोपत्रे गरिसक्ने उदेश्यले वडा नं. ३ को मुख्य सडकमा ५० लाख बजेट छुट्टाएको बताउनुभयो ।

नाम्गेल दर्पे म्हाने छोक्पा सस्था र वडा नं. ३ को सहकार्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि औतारी लामा लोसाल नाम्गेलले प्राकृतिक जगतमा हरेक प्राणीले शान्ति खेजिरहेको हुनाले तेरमालकाे एक पवित्र स्थालमा गुरु ह्रेम्पोजेको प्रतिमा स्थापना गरेर धेरै राम्रो कार्य गरेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

तेमाल गाउँपालिका भित्र वडा नं. ३ मा गुम्बा थिएन । वडा अध्यक्ष विष्णु बहादुर तामाङले आमा बुबाको नामबाट गुम्बा निर्माणको लागि आधा रोपनी जग्गा दान गरेको छ । उक्त दान गरेको जग्गामा औतारी लामा तथा प्रमुख अतिथि लोसाल नाम्गेल नव निर्माणका लागि थर्पे लिङ गुम्बाकाे सलाङ गरेको हो । थर्पे लिङ गुम्बा निर्माणका लागि गाउँपालिका अध्यक्ष चन्द्र बहादुर तामाङले १० लाख बजेट विनियोजन गरेको छ ।

काभ्रेको तेमाल गाउँपालिका वडा नं. ३ मा स्थानीय तहको पहिलो निर्वाचनमा दुई मतले विजय भएको वडा अध्यक्ष विष्णु बहादर तामाङले दोस्रो कार्यकालको लागि अत्याधिक मत ल्याएर विजय भएको थियो । अहिले सामाजिक कार्यकमा निरन्तर लागि रहेका वडा अध्यक्ष विष्णु बहादुर तामाङले धार्मिक कार्यलाई पनि थप प्राथमिकतामा राखेको यो कार्यक्रमबाट प्रस्ट भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »