सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमालमा विद्यालय संचालनका लागि निर्मलीकरण शुरू, स्वास्थ्य सामाग्री वितरण

काठमाडाैँ । काभ्रेको तेमाल गाउँपालिकाले असाेज १ गते देखि नेपाल सरकारले विद्यालय संचालन गर्ने, गराउने परिपत्र गरे अनुरूप असोज ६ गते देखि पूर्णरूपमा पठन पाठन गर्नका लागि शुक्रबार २ गते देखि विद्यालय निर्मलीकरण गर्ने कार्य शुरू गरेकाे छ ।

गाउँपालिका अध्यक्ष सलाम सिं तामाङकाे प्रमुख आतित्थ्यतामा निर्मलीकरणकाे अभियान शुरू गरेकाे हाे ।

पाेखरी नारायणस्थान उ.मा.वि.बाट याे अभियान शुरू गरेकाे हो ।

कार्यक्रममा तेमालगाउँपालिकाका उप-प्रमुख दुर्गामाया तामाङ, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईँकेल, तेमाल गाउँपालिका स्वास्थ्य शाखाका इन्चार्ज शिवहरी पाठक र पोखरी नारायणस्थान उ.मा.वि.का प्रधानध्यापक, शिक्षकहरुको समेत उपस्थिति रहेको थियो । असोज ५ गते सम्ममा तेमाल गाउँपालिकाको ४१ वटा नै विद्यालयको निर्मलीकरण गरी सक्ने तेमाल गाउँपालिकाको अध्यक्ष सलाम सिं तामाङले अभियान शुरु गर्ने क्रममा बताउनु भयो ।

उप-प्रमुख दर्गामाया तामाङले निर्मालीकरण अभियान सकेपछि असोज ६ गते देखि अनुगमन कार्य जारी राख्ने र विद्यार्थीको स्वास्थ्यमा कुनै खेलवाड नहोस् भनी विद्यालयका शिक्षकहरुलाई अनुरोध गर्नु भएको छ भने प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईँकेलले मनिटरिङ गरेर तेमालको विद्यार्थीहरुमा कुनै समस्या आउन नदिन यो अभियानलाई प्रशासनको पक्षबाट केही कमी हुन नदिने बताउनु भएको छ ।


स्थास्थ्य शाखाका इन्चार्ज शिवहरी पाठकका अनुसार निम्न अनुसारको माक्स, स्यानिटाइजर, साबुन वितरण गरिएको जानकारी दिएको छ ।

For Video

स्थास्थ्य शाखाका इन्चार्ज शिवहरी पाठकका अनुसार निम्न अनुसारको माक्स, स्यानिटाइजर, साबुन वितरण गरिएको जानकारी दिएको छ ।

• १० वटा मा.वि हरुमाः
१. जनचेतना मा.वि
. surgical mask – 500 pcs
. hand sanitizer – 3 bottle
. Dettol soap – 10 pcs
२. सर्वोद्वार मा.वि
. surgical mask – 200 pcs
. hand sanitizer – 3 bottle
. Dettol soap – 10 pcs
३. भुमे मा.वि
. surgical mask – 300 pcs
. hand sanitizer – 3 bottle
. Dettol soap – 10 pcs
४. तेमाल मा.वि
. surgical mask – 200 pcs
. hand sanitizer – 3 bottle
. Dettol soap – 10 pcs
५. पञ्चकन्या मा.वि
. surgical mask – 300 pcs
. hand sanitizer – 3 bottle
. Dettol soap – 10 pcs
६. कुशेश्वर मा.वि
. surgical mask – 500 pcs
. hand sanitizer – 3 bottle
. Dettol soap – 10 pcs
७. नाराणस्थान मा.वि
. surgical mask – 300 pcs
. hand sanitizer – 3 bottle
. Dettol soap – 10 pcs
८. राधाकृष्ण मा.वि.
. surgical mask – 200 pcs
. hand sanitizer – 3 bottle
. Dettol soap – 10 pcs

९. जनज्योति मा.वि
. surgical mask – 300 pcs
. hand sanitizer – 3 bottle
. Dettol soap – 10 pcs
१०. सेतिदेवि मा.वि
. surgical mask – 150 pcs
. hand sanitizer – 3 bottle
. Dettol soap – 10 pcs

बाँकि रहेका ३१ वटा आ.वि/प्रा.वि हरूमाः

. surgical mask – 100 pcs
. hand sanitizer – 2 bottle
. Dettol soap – 4 pcs

भर्खरै

सम्बन्धित खबर

Language »